• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

पहिरोले बगाएको शव फेला

सिन्धुली सौगात

सिन्धुलीको दुधौली नगरपालिका वडा न.१२ जिनाखु बुनिटार शनिवार दिउसो १ बजे गएको पहिरोमा परी बेपत्ता भएको तीन जना मध्ये दुई जनाको सव आज फेला परेको छ ।

 

दुधौली न.पा.१२ र १३ को सिमाना सिसेन खोला र ठाकुर खोलाको दोभानमा हिराबहादुर पौडेलको श्रीमती अन्दाजी बर्ष ३० कि सुनिता पौडेल आज बिहान ९ः३० बजे र छोरी अन्दाजी बर्ष १० कि सबिता पौडेलको घटना स्थलबाट अन्दाजी २ किलोमिटर दक्षिण सिसेन खोलाको किनारमा बिहान ११ः२० बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

हिराबहादुर पौडेलको छोराको खोजतलास कार्यजारी रहेको प्रहरीले जनाएको छ ।यो संगै सिन्धुलीमा बाढी पहिरोमा परि मृत्यू हुनेको संख्या चार पुगेको छ ।

 

प्रकाशित मिति : आइतवार, असार २९, २०७६