• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

लागुऔषधमा फस्दाको जिन्दगीलाई फर्केर हेर्दा…

सिन्धुली सौगात
shatru-shah

नाइट्रोशन, कोरेक्स र स्पास्मो प्रोक्सिगोन लागुऔषधमा फसेकालागि चिरपरिचित औषधि हो । सिन्धुलीको कमलामाई नगरपालिका ५, मधुटारका सन्तोष साह ‘शत्रु’ को जिन्दगिलाई यी औषधिले ६ वर्षसम्म तहसनहसनै बनायो । झगडालु स्वभावका शत्रुले निरन्तर ६ वर्षसम्म लागुऔषध प्रयोग गरे । यो अवधिमा उनी २६ पटक जेल पसे भने एकचोटि जिवन र मरणको दोसाधसम्म पुगे । हरेक पटक उनी झगडाका कारण जेल पुग्थे । नशामा लठ्ठ भएर कहिले अरुको टाउको फुटाको केशमा त कहिले करङ्ग भाँचेर उनी जेल पुग्ने गर्थे । उनै शत्रु अहिले भने लागुऔषध दुव्यर्सनिबाट निक्लिन सफल भएका छन् । कमलामाई नगरपालिका ६ मा रहेको शाह वस्त्रालयका संचालक शत्रु अहिले व्यापार व्यवसायमा रमाइरहेका छन् । उनी विगतलाई सम्झदा पछुतो लाग्ने तर लागुऔषधबिनाको जिन्दगि व्यतित गर्न पाउँदा ठूलो दलदलबाट निस्किन सफल भएको अनुभुति गर्छन् ।

 

अहिले उनको जिवनशैलि परिवर्तन भएको छ । उनी बिहानै उठ्छन् अनि पसल खोलेर व्यापारमा लागिहाल्छन् । २० वर्षको उमेरदेखि लागुऔषधमा फसेका शत्रु पसलमा भन्दा बढि नेपाल भारतको सिमामा देखिने गरेको उनको नजिकका मान्छे बताउँछन् । उनी आफैँपनि भन्छन्, ‘६ वर्ष नेपाल–भारतको बोर्डर जादैँ बित्यो ।’ लागुऔषधको दुव्यर्सनिमा लाग्दा उनलाई सधैँ जसो भारतको बेला, सनवर्षो, जट्टि, बिर्तामोड लगायत लागुऔषध पाउने ठाउँमा पुग्न हतारो हुने गथ्र्यो । उनी विगतलाई सम्झदैँ भन्छन्, ‘बिहान उठ्ने बित्तिकै नशामा बस्न मन लाग्थ्यो अनि बेला, सनवर्षो, जट्टि, बिर्तामोड लागि हाल्थे ।’ ती दिनहरुलाई सम्झदा ठूलो गल्ति गरेको महशुश हुन्छ उनलाई । लागुऔषधकै कारण उनले काठमाडौँमा आफ्नो भाईलाई चक्कु समेत प्रहार गरे । दुव्यर्सनिकै कारण उनी काठमाडौँको एभ्रेष्ट फलोरिडा कलेजबाट निलम्बित हुन पुगे । ‘बुवाआमाले एसएलसिपछि काठमाडौँमा पढाउन पठाउनुभयो । तर, मलाई त्यहाँ लागुऔषधको अम्मलले टिक्न दिएन’ उनले निनाउरो अनुहार बनाउँदै सम्झिए । काठमाडौँको बसाईलाई निरन्तरता दिन नसकेपछि पुनः उनी सिन्धुली फर्किए । त्यसपछि उनको दैनिकिनै नशामय बन्यो । सिन्धुलीबाट दुई घण्टाको दुरीमा रहेको नेपाल–भारत सिमामा उनी औषधि किन्न पुग्थे । कहिले आफ्नै पसलबाट पैसा झिकेर त कहिले साथीभाईसँग सरसापटि गरेर भएपनि उनी भारत पुग्न थाले । औषधिको ओभरडोज भएर उनले झण्डै ज्यानै गुमाउनु परेको स्मरण गरे । उनी भन्छन्, ‘सम्सीको गौशालामा औषधिको ओभरडोजले ढले । सिन्धुलीमा रहेको परिवारले थाहा पाएर धन्न बाचेँ ।’ उनले त्यो समयमा १३५ वटा नाइट्रोशन र प्रोक्सिगोन सेवन गरेका थिए । उनले पछुतो मान्दै भने, ‘१ प्रतिशत खुशीकालागि ९९ प्रतिशत खुशी त्यागे । त्यो पल सम्झिदा आङनै सिरिङ भएर आउँछ ।’

 

२० वर्षको उमेरमा एक पत्ता औषधि सेवन गरेर लागुऔषधमा लागेका शत्रु ६ वर्षसम्म दुव्र्यसनिमा फसे । लागुऔषध दुव्र्यसनिमा फसेपछि परिवारले उनको विवाह गरिदिए । विवाह गरेपछि पनि उनी कुलतबाट निक्लिन सकेनन् । एकदिन नशाको तालमा उनले आफ्नै हात काटेँ । परिवारलाई त्यो घट्नाले असहय बनायो । परिवकारकै पहलमा उनी सुधार केन्द्र पुगे । काठमाडौँको थान्कोटमा रहेको युथ केयर फाउन्डेसनका कर्मचारीले उनलाई सिन्धुलीबाटै सुधार केन्द्र पुर्‍याए । उनी त्यतिबेलाको क्षण सम्झदैँ भन्छन्, ‘सुधार केन्द्र पुगेको दुई दिनसम्म पनि मलाई होश थिएन ।’ दुई दिनपछि होश आएपछि आफू सुधार केन्द्र पुगेको उनले थाहा पाए । उनले भने, ‘दुई हप्तासम्म निकै गाह्रो भयो । मलाई नशानै प्यारो थियो ।’ विस्तारै उनको जिवनशैलि परिवर्तन भयो । उनी ६ महिना ४ दिनपछि सिन्धुली फर्किए । उनले कुलतमा लागेका दिनहरु सम्झिदैँ भने, ‘सबैलाई दुख दिएको रहेछु । कसैलाई नशामा नफस्न आग्रह गर्छु ।’ परिवारमा सधैँ कलह, साथीभाइहरुसँग नराम्रो सम्बन्ध, आफन्तले हेर्ने फरक शैलि र आफ्नै जिन्दगी बिग्रदा पनि उनलाई कुनै मतलब थिएन । अहिले भने उनी भन्छन्, ‘सबैले मलाई सुध्रोस् भनेर राम्रो सोचेका थिए । म सधैँ नकारात्मक भए । आफ्नै शरिरलाई दुख दिए, परिवारलाई दुख दिए ।’ उनी लागुऔषधको प्रयोग गर्दा क्षणिक खुशी हुने तर जिन्दगीनै बिगर्ने बताउँछन् । उनले भने,‘दुई हात जोडेर भन्छु, यो दलदलमा फसेर जिन्दगी बर्बाद नगरौँ ।’

प्रकाशित मिति : आइतवार, असार २९, २०७६