• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण

सिन्धुली सौगात

दुधौली नगरपालिका वडा नम्बर ४ मा रहेको सरस्वति माध्यामिक विद्यालय डकाहाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको छ । सिन्धुलीको लागि हाम्रो अभियान र निता फाउण्डेसन दोलखाले विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो ।

 

सरस्वति मावि डकाहामा अध्यनरत १ देखि कक्षा ५ सम्म पढ्ने १ सय ६ जना छात्रछात्रालाई व्याग र पोसाक बितरण गरिएको सिन्धुलीका लागि हाम्रो अभियान गरेको छ ।

 

निता फाउण्डेशनको अध्यक्ष निता को अध्यक्षतामा भएको कार्यक्रमा शिक्षक बिद्यार्थिहरुको उपस्थितिमा वितरण गरेको हो ।

 

कार्यक्रममा बोल्दै सरस्वति माबि डकाहाको प्रधानाध्यापक रेस कुमार मोक्तानले सहयोगको लागि धन्यवाद दिए । साथै आगामि दिनहरुमा पनि यस्ता सहयोगको लागि अपिल गरे ।

 

कार्यक्रममा उपस्थित सम्पुर्णलाई सहायक प्रधानाध्यापक विष्णु सापकोटाले स्वागत गरेका थिए

प्रकाशित मिति : सोमवार, असार ९, २०७६