• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सिन्धुली लिग फुटबलको नकआउट चरणको आज दुई खेल

सिन्धुली सौगात

सिन्धुली लिग फुटबलको आज (शनिबार) नकआउट चरणको दुई खेल हुनेछ । शनिबार दिउँसो २ बजे समुह सि विजेता नव प्रतिभा युवा क्लब र समुह ए को उप विजेता जन संगम युवा क्लब बिच खेल हुनेछ ।

 

दिउँसो ३ः३० बजे समुह डि को विजेता जन हितैसी क्लब मरिण र समुह बि को उपविजेता शुभ सिन्धु युवा क्लब ढुंग्रेबास बिच खेल हुनेछ ।

 

शनिबारको खेलमा विजयी हुने टिम लिगको सेमीफाईनलमा प्रवेश गर्नेछन् । लिगको सेमीफाईनलको पहिलो खेल असार १ गते आईतबार दिउँसो २ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ३ः३० बजे हुनेछ ।

 

जिल्ला फुटबल संघ सिन्धुलीको आयोजनामा जेठ २५ गते बाट जारी लिगको फाईनल खेल असार ३ गते मंगलबार दिउँसो ३ः३० बजे हुनेछ । लिगको विजेताले नगद १ लाख रुँपैया प्राप्त गर्नेछ भने उप विजेताले नगद ५० हजार रुपैया प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६