• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

गाई बस्तु चराएर घर फर्किने क्रममा चट्याङ लागेर मृत्यु

सिन्धुली सौगात

सिन्धुलीको दुधौली नगरपालिका–१ निवासी ४५ बर्षिय भिमनाथ कुँमरको चट्याङ लागेर ज्यान गएको छ । उक्त वडाका सचिब हेडम्बराज अधिकारीका अनुसार कमला नदिको बगरमा गाई बस्तु चराएर घर फर्किने क्रममा हिजो साँझ करिब साढे ७ बजेतिर पानी परेपछि रुखमा ओत लाग्ने क्रममा चट्याङ लागेर कु्ँमरका घट्नास्थलमा नै ज्यान गएका हो । चट्याङले रुखलाई हिर्काउदा कुँमरलाई पनि लागेको उहाँको भनाई छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६