• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

एक्लो प्रयासले मात्र शान्ती सुरक्षा राम्रो हुदैन : प्रजिअ गौतम

सिन्धुली सौगात

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एक्लो प्रयासले मात्र जिल्लाको शान्ती सुरक्षा राम्रो बनाउन नसकिने बताएका छन । भर्खरै सरुवा भएर सिन्धुली आएका प्रजिअ गौतमले बिहिवार जिल्लाका पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम गर्दै यस्तो धारणा राखेको हो ।

 

कार्यक्रममा गौतमले शान्ति सुरक्षाको अवस्था मजबुद बनाउन जनप्रतिनिधी, स्थानिय सरकार, राजनितिक दल, नागरिक समाजका अगुवा, पत्रकार लगायतको पुर्ण सहयोग आवस्यक पर्ने आफुलाई अनुभुती भएको बताए । सिन्धुलीमा स्थानिय प्रशासनलाई पत्रकारको राम्रो सहयोग रहेको आफुले पाएको भन्दै प्रजिअ गौतमले आफ्नो कार्यकालमा पनि पुर्ण सहयोगको अपेक्षा गरेको बताए ।

 

पत्रकारले परिचयात्मक कार्यक्रममा राखेका कालाबजारी, वातावरण विनाश, बजार अनुगमनका सबालमा यी स्थानिय सरकारका अधिकारका क्षेत्रमा पर्ने बताउदै उनले संघिय सरकारको प्रतिनिधीको हैसियतले जिल्ला प्रशासन पनि सहयोगी भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बताए । अनुमती बिना सिन्धुली प्रवेश गर्ने भारतिय नम्वर प्लेटका सवारी साधनको निगरानी, जिल्लाका ग्रामिण भेगका सडकमा सार्वजनिक यातायातका साधनमा हुने गरेका कष्ठकर यात्रा लगायत आफ्नो जिम्मेवारी भित्र पर्ने कामका सन्र्दभमा भने जिम्मेवार ढंगले आफ्नो मातहतका निकायलाई परिचालन गर्ने बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लगायतका पत्रकारले जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६