• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर एक युवा बेपत्ता

सिन्धुली सौगात

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कुशेश्वर दुम्जा कुशेश्वर मन्दिर नजिकै सुनकोसी नदीमा डुबेर एकजना वेपत्ता भएका छन् ।

 

काठमाडौंको किर्तिपुर नगरपालिकाका अन्दाजी २५ वर्षीय अमृत लामा आज पौडि खेल्ने क्रममा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौंबाट सिन्धुलीको कुशेश्वर मन्दिर घुम्न आएका लामा सहित ४ जना साथीहरु सहित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा लामा वेपत्ता भएका हुन् ।

 

उनी सङ्गै पौडी खेल्न गएका अन्य साथीहरुले साथी हराएको जानकारी गराए पछि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए ।

 

प्रहरी चौकी कुशेश्वर दुम्जाका प्रहरी नायव निरीक्षकको टोली र स्थानीयले उनको खोजी कार्य जारी राखेको सिंहले बताए । लामासँगै पौडी खेल्न गएका अन्य सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६