• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

भ्रष्टाचार न्यूनीकरणका लागि सामुदायिक शिक्षा

सिन्धुली सौगात

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीले विहिबार सिन्धुली बहुमुखी क्याम्पसमा भ्रष्टाचार न्युनिकरणका लागी सामुदायिक शिक्षा प्रदान गरेको छ ।

 

‘भ्रष्टाचार निवारण सम्बन्धमा आयोगको भूमिका’ विषयमा सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । राजनैतिक, आर्थिक, सामाजिक, प्रशासनिक, सांस्कृतिक तथा अन्य कारणले भ्रष्टाचार हुने र यसको न्युनिकरणका लागी विद्यालय स्तरबाटै ज्ञानको माध्यमबाट न्युनिकरण गर्न सकिने भएकाले विद्यालयमा सामुदायिक शिक्षा कार्यक्रम आयोजना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले जानकारी दिए ।

 

सामुदायिक शिक्षा कार्यक्रममा विद्यार्थीलाई भ्रष्टाचार हुने माध्यम तथा निकाय, आयोगको काम, कर्तव्य र कारबाही प्रक्रियाबारे जानकारी गराइएको थियो । आयोगका प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले भ्रष्टाचारलाई शून्यमा ल्याउन असम्भव भए पनि न्यूनीकरण गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

 

 

आयोगको कार्यालय बर्दिबास महोत्तरिमा दर्ता भएका उजुरी विवरण अनुसार सिन्धुलीबाट भ्रष्टाचार सम्वन्धि २०७५ श्रावणदेखि ०७६ बैशाख मसान्त सम्ममा ८० उजुरी परेका छन् । जसमध्ये २८ वटा फर्छौट भईसकेको र ५२ वटा बाँकी रहेका छन् ।

 

यस अवधिमा सवैभन्दा कम भ्रष्टाचारको उजुरि परेको उदयपुरमा ४५ उजुरि मध्ये १० को फर्छौट भईसकेको र ३५ बाँकि छन् भने सवैभन्दा बढि धनुषा जिल्लाबाट उजुरी दर्ता भएको छ । उदयपुर, सिरहा, रौतहट , धनुषा, महोत्तरि, सर्लाहि र सिन्धुली मध्ये सवैभन्दा बढी भ्रष्टाचार सम्वन्धि यस अवधीमा धनुषा जिल्लाबाट ४१३ उजुरि परेकोमा १३७ फर्छौट भएको र २७६ बाँकि रहेको प्रहरि नायव उपरिक्षक थापाले वताए ।

 

सामुदायिक शिक्षा कार्यक्रमका प्रमुख अतिथि संघिय संसद तथा सिन्धुली बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष हरिबोल गजुरेलले अख्तियार आयोग नभएको भए भ्रष्टाचार थेगिसक्ने अवस्थामा नहुने उल्लेख गरे । आयोगको काम प्रशंसनिय भएको जनाउदै संसद गजुरेलले यसलाई अझ प्रभाबकारि वनाउन वेनामी उजुरिलाई आयोगले वन्द गराउनुपर्ने बताए ।

 

जो सवैभन्दा भ्रष्टाचारि छ उसैले उजुरि हालेर दुख दिने गरेको उल्लेख गर्दै गजुरेलले यसको प्रभावकारिताको लागी फर्जीको रुपमा दर्ता हुने गरेको उजुरी बन्द गरिनुपर्ने वताएका हुन् । सामुदायिक शिक्षा कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी, शिक्षक, विभिन्न कार्यालय प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

 

सहभागिले समाजमा व्याप्त भ्रष्टाचार न्युनिकरणका लागी आयोगले अझै क्रियाशिल भुमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । आयोगकै उच्च पदाधिकारि भ्रष्टाचारमा मुछिएको जनाउदै सहभागिले आफु सच्चिदै अरुलाई निरञ्तर खवरदारि गर्न अख्तियार निरञ्तर लागोस भन्ने शुभकामना दिएका छन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६