• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सुत्केरी भएका ३० महिलालाई प्रोत्साहन भत्ता प्रदान

सिन्धुली सौगात

फिक्कल गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुँने महिलालाई ३ हजार ८ सय रुपैयाँ प्रोत्साहन भत्ता दिन थालेको छ । चालु आर्थिक बर्षको हाल सम्ममा गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएका ३० जना महिलालाई ३ हजार ८ सय रुपैयाँका दरले १ लाख १४ हजार रुपैँया प्रोत्साहन भत्ता स्वरुप प्रदान गरेको हो ।

 

घरमा नै सुत्केरी हुने महिलाको संख्या बढेकाले उनीहरुलाई अस्पताल सम्म पुरयाउन प्रोत्साहन भत्ता दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । घरमै सुत्केरी हुदाँ आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने भएकाले र महिलालाई विभिन्न किसिमको संक्रमणबाट बचाउनका यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनवारले बताइन ।

 

सरकारले सुत्केरीलाई उपलव्ध गराउँदै आएको दुई हजार आठ सय रुपैयाँमा गाउँपालिकाले एक हजार रुपैयाँ थपीदिएर ३ हजार ८ सय रुपैया प्रदान गरिन थालिएको उहाँले बताउनुभयो । गर्भावस्थाको समयमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भजाँच गराउने र अस्पतालमै सुत्केरी हुने महिलालाई मात्र प्रोत्साहन भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६