• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

हुलाकप्रतिको आकर्षण घट्दो

सिन्धुली सौगात

 

सूचना प्रविधिको विकाससँगै सञ्चारका अन्य सुविधा उपलब्ध भएका कारण जिल्लाका ग्रामीण भेगमा हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दै गएको छ ।

 

गाउँगाउँमा मोबाइल तथा इमेल इन्टरनेटको सुविधा भएपछि सञ्चारको पुरानो र भरपर्दो माध्यम रहेको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दै गएको हो ।

 

टेलिफोन, फ्याक्स, इन्टरनेट तथा मोबाइलबाट छिटो र भरपर्दो रुपमा एक ठाउँबाट खबर अर्को ठाउँमा सजिलै पुग्ने भएपछि हुलाकबाट खबर आदानप्रदानका लागि पत्र पठाउनेको संख्या घटेको छ । विभिन्न रोजगारीका क्रममा देशविदेशमा रहेका आफन्तसँग सम्पर्क गर्न एक दशकअघि हुलाको विकल्प थिएन तर अहिले एक मिनेट मै गाउँको खबर आफन्तसम्म पुर्‍याउन सकिने सुविधा भएकाले हुलाक सेवाप्रतिको आकर्षण घट्दै गएको मरिण गाउँपालिकाका शम्भु कार्कीले बताए ।

 

कम्प्युटर चलाउन जान्ने र इमेल इन्टरनेटको सुविधा भएकाले अत्याधुनिक सञ्चार प्रविधि इमेलमार्फत खबर आदाप्रदान गर्न थालेका उनले बताए । कार्कीका अनुसार टेलिफोन सुविधा नभएका गाविसका बासिन्दा पनि हुलाक सेवाको प्रयोग गर्नभन्दा पायक पर्ने नजिकको ठाउँमा गएर टेलिफोन गर्न थालेपछि हुलाक सेवाको प्रयोगकर्ता ह्वातै घटेको छ । हुलाकमार्फत फाटफुट केही सरकारी चिठी पत्र पठाइए पनि सर्वसाधारण भने हुलाक सेवाको प्रयोग निकै घटेको हुलाकका कर्मचारी बताउछन् ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६