• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

जब विवाहमै बेहुलाले बेहुलीलाई थप्पड हाने..(भिडियो)

प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५

सिन्धुली सौगात
husband-slap

यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ। भिडियोमा भर्खरै विवाह गरेका बेहुला बेहुलीले एक अर्कालाई केक खुवाइरहेको देखिएको छ।

 

शुरुमा बेहुलाले एक टुक्रा केक लिएर आफ्नी बेहुलीलाई खुवाउँछन्, त्यसपछि बेहुलीको पालो आउँछ। उनले केक लिएर सिधैँ बेहुलालाई नखुवाइ यताउता चलाएर जिस्याउन थाल्छिन्। यो देखेर बेहुला रिसाउँछन् र उनलाई एक झापड हान्छन्। यो देखेर त्यहाँ उपस्थित सबै मानिसहरु अचम्मित हुन्छन्।

 

यो भिडियो कहाँको हो भनेर खुलाइएको छैन्। बेहुला रिसाएको देखेर त्यहाँ भएका मानिसहरु हेरेको हेरै हुन्छन्। केही मानिसहरुले बेहुलाई सम्झाउने कोशिस गरेको भिडियोमा देख्न सकिन्छ। हेर्नुहास् भिडियो।