• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

गाँजालाई मान्यता दिन माग, वलीको प्रश्न ‘बम्जनलाई कार्वाही किन नगरेको?’

सिन्धुली सौगात
legalise-weed

राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरुले विभिन्न मुद्धा उठाएका छन् । सांसद विरोध खतिवडाले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरेका छन् । उनले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् । बुधबार संसदको बैठकमा बोल्दै उनले ‘अमेरिका थाइल्याण्ड क्यानडाले वैधानिक ढंगले बेचबिखन गरेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौँ ?’ उनले सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने भन्दै प्रश्न गरे ।

 

जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाले बताए । नेपालमा समातिएका गाजा नष्ट गरे पनि नेपालमै सिंहदरबार बैद्यखानाले गाजा बाहिरबाट किनेर ल्याउने गरेको पनि सांसद खतिवडाले बताए ।

 

त्यसैगरि, बुधबार राष्ट्रियसभा बैठकमा सांसद कोमल वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा मागेकी छन् ।

 

उनले गृहमन्त्री रामबहादुर थापालाई बमजनलाई किन पक्राउ नगरेको भनी प्रश्न गरिन् । ‘आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर स्वयं आएर सम्बन्धित युवतीहरुले, हाम्रा छोरीहरुले भन्दै आएको अवस्थामा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ? उनलाई किन पक्रिएको छैन ?’ सांसद वलीले प्रश्न गरिन् ।

उनले प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी प्रतिक्रिया दिएको विषयमा पनि गृहमन्त्रीसाग जवाफ मागिन् ।

 

जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताए । ‘यो घटनालाई सरकारले हल्का रुपमा लिएको छैन,’ उनले भने गम्भीरतापूर्वक नै लिएको छ ।’ अहिले सरकारले बमजनमाथि छानबिन गरिरहेको पनि थापाले राष्ट्रियसभामा जानकारी गराए ।

 

उनले भने  ‘निश्चय पनि यो गम्भीर विषय हो, लिटिल बुद्धको विषयमा सरकारले आफ्नो तर्फबाट छानबिन गरिरहेको छ,’ ।

 

“लिटि बुद्ध” भनिने राम बहादुर बम्जनका केहि दुर्लभ तस्बिर र भिडियो

 

 

 

भिडियो मैत्रिया मैत्रीया इन्फो बाट

 

 

little-buddha-2

little-buddha-1

 

little-buddha-3

 

little-buddha

 

little-buddha-4

 

 

 

 

प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५