• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

अभिनेत्रीहरुको ट्याटु मोह कसले कहाँ ट्याटु बनाए हेर्नुहोस २० तस्बिर

सिन्धुली सौगात
nepali-actress-tattoo

सदावहार अभिनेत्री करिष्मा मानन्धर धेरै पुरानो नायिका हुन् । तरपनि उनको सुन्दरताको उस्तै प्रसंशा हुने गरेको छ । केहि समय अगाडी उनको वक्षमा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । उनीले आफ्नो वक्षमा गुरासको फुल बनाएकी छिन् ।

 

 

karishma-Manandhar-tattoo

अभिनेत्री सुभेच्छा थापा बिभिन्न बिबादमा आईरहने अभिनेत्री हुन । अभिनेत्री सुभेच्छा थापाले पनि आफ्नो बक्षको माथिल्लो भागमा ट्याटु खोपेकी छिन । उनले दुई नेपालको झण्डा क्रश बनाएर आई लभ नेपाल लेखेकी छन ।

 

subekchhya-thapa

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको वक्षमा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । यसमा उनको आलोचनामात्र भएन, प्रष्टीकरण पनि दिनुपरेको थियो । उनले ट्याटु बनाउनेले नै तस्बिर सामाजिक सञ्जालमा भाइरल पारेको बताउँदै आवेग समेत पोखेकी थिइन् ।

 

samragyee-rl-shah-tattoo-new

अभिनेत्री जिया के.सि.ले पनि आफ्नो बक्षमा ट्याटु बनाएकी छिन । उनको बक्षमा बनाईएको ट्याटुमा बिच्छि देख्न सकिन्छ ।

 

jiya-kc-shows-tattoo-on-her-chest

यस्तै क्रममा अभिनेत्री शशी खड्काले पनि आफ्नो बक्षभन्दा केहि माथि ट्याटु बनाएकी छिन । उनले बनाईएको ट्याटुमा पुतली देख्न सकिन्छ ।

 

sashi-khadka

 

अभिनेत्री सुष्मा कार्कीबाट सुरु भएको मान्छन् कतिपय कलाकार । कार्कीले सूर्याकारको ट्याटु खोपेकी छन् । ट्याटुमात्र नभएर कार्कीले नाइटोमा पियर्सिङ पनि गरेकी छन् ।कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका सौख पनि हुने गरेका छन् । यस्तो सौखका आधारमा नै आफुले ट्याटु खोपेको त अभिनेत्री करिश्मा मानन्धरले बताउँदै आएकी छन् । उनले पनि वक्षमै टयटु खोेपेकी छन् ।

 

Sushma-Karki-Tattoo

 

shweta-khadka-tatto

 

karishma-tattoo-show

 

बलिउड नायक अक्षयकुमारदेखि रणवीर कपुर र नायिकाहरू दीपिका पादुकोणदेखि प्रियंका चोपडा समेतमा ट्याटु मोह देखिन्छ।

 

ajay-sanjay-sindhuli copy

 

ranbir-kapoor-tatto

 

esha-deol

 

ट्याटु खोप्नेमा सर्वसाधारण मात्र छैनन्, विश्वका चर्चित फुटबल खेलाडी मेस्सी हुन् या नेमार, उनीहरूले आफ्नो शरीरभरि टाटु खोपेका छन्। फुटबलका हस्ती म्याराडोनाले त क्युवाली क्रान्तिका नायक मानिने चे ग्वेभाराकै ट्याटु खोपाएका छन्। फुटबल खेलाडी, नायिका, पोर्नस्टार जस्ता सेलिब्रिटीहरूमध्ये धेरैको शरीरमा ट्याटु देखिन्छ।

 

Matthew Whealan

ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा खोप्ने चलन नेपालबाट सुरु भएको होइन, यो विश्वव्यापी प्रचलनअनुसार नै खोपिने गरेको छ । कतिपयले ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गरेका छन् । तर नेपालका प्रायः अभिनेत्रीले भने ‘क्लिभेज’ मा देखिने गरी वक्षको वरिपरि नै खोपेका छन् ।

 

Nepal-Tattoo-Convention

 

 

एकजना ट्याटु बनाउने कलाकारका अनुसार युवतीहरूका गोप्य अंग र आकर्षित बनाउने ठाउँमा ट्याटु बनाउने काम आउँछ । कतिपयले तिघ्रा, पाखुरा, वक्ष, नाइटो, पेट वा त्यसका वरिपरि र ढाडमा समेत खोपाउने गरेका छन् । उनी भन्छिन्,‘यो एक प्रकारको आइडेन्टीटी पनि बन्दो रहेछ । त्यसैले यस्तो रिक्वेस्ट आउने गरेको छ । कलाकारले मात्र होइन टिएजर्सलगायतले पनि खोप्ने गरेका छन् ।’

 

messi-tattoo

 

ट्याटु विश्वबजारमा १५ औं शताव्दी देखि नै खोप्ने चलनमा आएको बताइन्छ । अमेरिकालगायत युरोपियन मुलुकहरूले यसलाई प्रचलनमा ल्याएका हुन् ।तर ट्याटु खोप्ने कलाकार भने जापानले धेरै भन्दा धेरै उत्पादन गरेको बताइन्छ । खासगरी सैनिकहरूलाई युद्धमा जाँदा नचिनिने बनाउनका लागि ट्याटु खोप्ने प्रचलन थियो । जुन आधुनिक विश्वमा आउँदा ख्याती प्राप्त फेसन बनिसकेको छ ।

ट्याटुका रोचक तथ्य

 

१) एउटा पूरा ट्याटु बनाउँदा ५० देखि तीन हजार पटकसम्म छाला खोपिन्छ ।
२) अंग्रेजी भाषामा ‘ट्याटु’ शब्द गलत उच्चारण हुनेमा अग्रस्थानमै आउँछ ।
३) ट्याटु हटाउन चाहनेमा तुलनात्मक रूपमा पुरुषभन्दा महिला बढी हुने गर्छन् ।
४) अमेरिकामा मात्रै करिब २० हजार ट्याटु सेन्टर छन् ।
५) सबैभन्दा धेरै ट्याटु बनाउने जर्ज पल म्याकलर्न हुन् । उनको पूरै शरीर ट्याटुले ढाकिएको छ ।
६) अमेरिकीहरू एक वर्षमा करिब एक दशमलव ६ बिलियन डलर ट्याटु खोप्नमा खर्च गर्छन् ।

 

Nepal-Tattoo-1

 

ट्याटु क्रेज

देशको पूर्वसीमा सहर काँकडभिट्टामा बस्छन् सागर मगर । खासमा उनी चित्रकार हुन् । देही आर्ट ग्यालेरीका संस्थापक सदस्य हुन् । २५ वर्षीय उनी चित्र कोर्दाकोर्दै ट्याटु आर्टिस्ट बन्न पुगे ।

 

Nepal-Tattoo

उनी पाँच वर्षअघि स्थानीय पशुपति माविमा चित्रकला पढाउँथे । अर्को स्कुल लोफोफोरस माविले चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको मुख्य निर्णायक थिए, सीमापारिको सहर सिलिगुडीका कलाकार सुरज विश्वकर्मा । प्रतियोगितामा सागरले पनि भाग लिएका थिए । सुरजलाई सागरको चित्र औधी मन र्पयो । सुरजले बोलाएर भनेछन्, ‘भाइ तिमीसँग चित्र बनाउने राम्रो कला रहेछ, ट्याटु बनाउन पनि सिक, राम्रो हुन्छ ।’

 

marodona

सुरजको हौसलापछि उनी ट्याटु सिक्न हौसिए । करिब दुई महिना सिलिगुडी धाए । तीनमहिने कोर्स उनले दुई महिनामै पूरा गरिदिए । त्यही सीपलाई उनले पेसाका रूपमा अँगालेका छन् । उनले व्यावसायिक रूपमै ट्याटु पार्लर सुरु गरेका छन् । हालै काँकडभिट्टाको सुपारी लाइनमा यिनले ‘आई डु इंक’ नामक ट्याटु पार्लर सुरु गरे । सुरजले नै पार्लरको उद्घाटन गरेका थिए ।

 

King-of-Inkland-Matthew-Whelan

ट्याटु पार्लर खोलेपछि सुरजले भने, ‘सागर प्रतिभाशाली कलाकार हुन्, उनले कलाकारितालाई पेसाका रूपमा अँगालेका छन्, चित्र कोरेर पनि बाँच्न सकिन्छ भन्ने उदाहरण पनि दिएका छन् ।’ देही आर्टका विद्यार्थी बलराम बस्नेतसँगको सहकार्यमा सागरले करिब ५ लाख रुपैयाँ खर्चिएर ट्याटु पार्लर सञ्चालनमा ल्याएका हुन् । यहाँ उनले ट्याटु खोप्ने काम मात्रै गर्दैनन्, ट्याटु खोप्न सिकाउँछन् पनि ।

 

Nepal-Tattoo-Convention-30

 

उनी ट्याटु खोपेको प्रतिइन्च हजार रुपैयाँ लिन्छन् । खोप्न सिकाएको चाहिँ ३०–४० हजार बुझ्छन् । ‘युवा पुस्तामा ट्याटु मोह बढ्दो छ,’ सागर सुनाउँछन्, ‘युवालाई लक्षित गरेर काम सुरु गरेका हौं ।’ ट्याटुप्रति समाजको दृष्टिकोण पनि फेरिँदो छ । समाजका लब्ध प्रतिष्ठितहरूले पनि ट्याटु खोप्न थालेका छन् । यसले उनीहरूलाई थप हौसला मिलेको छ । ‘पहिला ट्याटु खोप्ने सबैलाई दुव्र्यसनीका रूपमा हेरिन्थ्यो,’ सागर भन्छन्, ‘अहिले समाजको दृष्टिकोण बदलिँदै गएको छ ।’

 

 

उनको पसलमा ट्याटु खोप्नेको भीड बाक्लै हुन्छ । झापादेखि छिमेकी सिलिगुडी, बागडोग्रा, दार्जि्लिङ र सिक्किमसम्मका मानिस ट्याटु खोप्न आउँछन् । देही आर्ट ग्यालेरीका अध्यक्ष छितेन शेर्पाले चित्रकारिताप्रति समाजको नजरीया अझै बदलिन बाँकी रहेको सुनाए । थपे, ‘समाजले चित्र त बुझेको छैन, ट्याटुलाई बुझ्न समय लाग्छ ।’

 

 

ट्याटुको क्रेजी सञ्जीव राई भन्छन्, ‘समाजले ट्याटुलाई बुझ्न थालेको छ, यो हाम्रा लागि खुसीको कुरा हो ।’ करिब १० वर्षअघि नै शरीरका विभिन्न भाग ट्याटुले रंगाएका सञ्जीवले समाजको हेपाहा प्रवृत्ति सहनुर्पयो । ‘ट्याटु खोप्नेलाई समाजले नराम्रो नजरले हेथ्र्यो,’ उनको अनुभव छ, ‘तर, अहिले अभिभावकहरूले नै ट्याटु खोपेर इच्छा पूरा गर्ने गरेको पनि पाइएको छ ।’

प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५