• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

अन्धविश्वासमा काठमाडौँः लाभको लागि स्यालको सिङ, वनझाँक्रीको पंञ्जा, मानवअंग खरिद

सिन्धुली सौगात
illegal-business-nepal

काठमाडौँमा प्रहरीले उत्पत्तिमै अति दुर्लभ र यकिन नभएका वस्तुको समेत व्यापार भइरहेको अवस्थामा समय–समयमा व्यक्ति र वस्तु बरामद गर्दै आएको छ । प्रहरीले गरेका पछिल्ला कारबाहीमा स्यालको सिङ, नाग मणि, वनझाँक्रीको हड्डी र मानवअंग बरामद गरेको हो ।

 

nagmani

 

प्रहरीका अनुसार छिटो सम्पन्न हुने लालसामा नागमणि, स्यालको सिङ र वनझाँक्रीको हड्डीको व्यापारका घटना काठमाडौँमा हुने गरेको छ । बिक्री गर्ने ग्रामीण र खरिदकर्ता शिक्षित र सहरवासी देखिएका छन् ।

 

सचेत र शिक्षित नागरिक अन्धविश्वासमा पर्दा यस्ता वस्तुको व्यापारमा संलग्न र ठगीको प्रकृति उपत्यकामा बढेको छ । छिटो धनी हुने र सम्पन्न बन्ने सपनामा यस्ता शून्य मूल्य भएका नक्कली वस्तुको व्यापार फस्टाएको हो ।

 

haddi

 

वस्तुको कुनै मूल्य छैन, तर लाखौँमा बेचबिखन भइरहेको छ, ठूलो आर्थिक कारोबारका कारण ठगी र अन्य जघन्य अपराधको सहायक यस्ता घटना भइरहेको प्रहरीले बताएका छन् । अर्वुद्ध रोगबाट ग्रस्त व्यक्ति र परिवार तथा व्यापार–व्यवसायमा घाटा बेहोरेका व्यक्ति यस्तो अन्धविश्वासमा सजिलै फस्ने गरेका छन् ।

 

banjhakri

 

काठमाडौंमै मानव खप्पर, हड्डी र वनझाँक्रीको पन्जा खरिदबिक्री र भाडामा उपलब्ध हुने गरेको छ । प्रहरीले केहि वर्ष अघि गरेको अनुसन्धानमा पेसेबर जुवाडेले देशभित्र र बाहिर करोडौंको जुवा खेल्न जाँदा यस्ता वस्तु आफूअनुकूल खरिद गर्ने वा भाडामा लिएर जाने गरेको तथ्य फेला पारेको हो ।

 

प्रहरीले अनुसन्धान टुंग्याएको एउटा घटनामा मानव खप्पर र हाडखोर काठमाडौं चावहिल मित्रपार्क चोकमा रहेको एउटा पसलबाट खरिद गरेको पुष्टि भइसकेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा बरामद मानव खप्पर मित्रपार्कमा रहेको जडीबुटी पसलबाट १९ हजारमा खरिद गरेको बयान पक्राउ परेका अभियुक्तले दिएका थिए ।

 

syal

 

 

 

प्रहरीका अनुसार सीता सिवाकोटीले सञ्चालन गरेको उक्त पसलमा पक्राउ परेका कानु पहरीले आफूले पहिला पनि खरिद गरेको बताउँदै मानव खप्पर मागेका थिए । सीताका ससुरा प्रेम सिवाकोटीले सञ्चालन गर्ने उक्त पसलमा ससुराको मृत्युपछि उनी बस्दै आएकी थिइन् ।

 

khappar

 

प्रहरीले बेलाबेला विभिन्न घटनामा पक्राउ पर्ने तान्त्रिकका साथबाट समेत मानव खप्पर खरिदबिक्री भइरहेको आधारमा सोही समय गौशाला, चावहिल, गुह्येश्वरीसहितका स्थानमा खोजी गरेको थियो । ’चिहानबाटै निकालेरसमेत खरिदबिक्री हुन्छ भन्ने सुचना पाएका थियौ, तर फेला परेन,’ ती अधिकारीले भने ।

 

यो पनि पढौँः दुवै हात गुमेकि मेघाका श्रीमान मिडियामा

प्रकाशित मिति : बुधबार, माघ २३, २०७५