• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

राजकुमारीले प्लम्बरको अपहरण गरी कुटपिट गरेपछी सजाय हुने

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

सिन्धुली साैगात संवाददाता

प्लम्बरको अपहरण र कुटपिटको आरोपमा साउदी अरबकी राजकुमारीमाथि सजाय हुने भएको छ ।

फ्रान्सको एक अदालतले साउदी राजकुमारी हास्सा बिन्त सलमानलाई एकजना पुरूषमाथि कुटपिट र अपहरणमा दोषी ठहर गर्दै तत्कालै लागु नहुने गरि सर्त सहितको जेल सजाय र ११ हजार डलर जरिबाना तोकेको हो । आफ्ना एक जना अंग रक्षक लगाएर पेरिसको एउटा विलासी अपार्टमेन्टमा एक जना प्लम्बरलाई कुटपिट गरेको अभियोजनकर्ताको आरोप थियो ।

सन् २०१६ को सेप्टेम्बरमा असरफ इद नामक इजिप्टका नागरिक रहेका प्लम्बरलाई पेरिसमा रहेको उनको विलासी अपार्टमेन्टमा विग्रिएको वाश बेसिन मर्मतका लागि बोलाइएको थियो ।

राजकुमारीले यसअघि आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् । सो घटनामा उनका अंगरक्षक रनी सइदीलाई ८ महिनाको जेल सजाय सुनाइएको छ। तर सो सजाय तत्काल लागू हुनेछैन ।

ती व्यक्तिले प्रहरीलाई आफ्नो हात बाँधिएको र आफूलाई मुक्का र लात्ताले हान्दै राजकुमारीको पैतला चुम्न लगाइएको बताएका थिए । भिडियो खिचेको आरोपमा ती युवकमाथि राजकुमारीले सो घटना घटाएको बताइएको छ ।

राजकुमारीविरुद्ध अन्तर्रा्ष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको थियो भने अदालतमा उनको अनुपस्थितिमा नै मुद्दा चलाइएको थियो प्लम्बरले भने आफ्नो कामका लागि आथरुमका लागि आवश्यक तस्बिर लिएका थिए । तर फोटो खिच्ने क्रममा राजकुमारी ऐनामा देखिएपछि उनी रिसाएको बताइएको छ ।

त्यसपछि राजकुमारीले अंगरक्षकलाई बेलाएर असरफमाथि कुटपिट गरेकी थिइन् भने कयौं घन्टासम्म त्यहाँबाट बाहिर निस्कन समेत दिइएको थिएन ।

सन् २०१८ को मार्चमा फ्रान्सका एक न्यायाधीशले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनी साउदी अरबमै बस्न थालेकी थिइन् ।

सो घटनापछि राजकुमारी हास्साले फ्रान्स छाडेकी थिइन् ।