• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सुनकोशी नदि सिन्धुलीमा डुबेर एक जना बेपत्ता

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

पर्वत राई

 

सिन्धुली – सुनकोशी नदि सिन्धुलीमा डुबेर एक जना बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका वडा नं ६ चैनपुरमा बिहिबार दिउँसो करिब १ः४५ बजेको समयमा पौडी खेल्ने क्रममा सोही माथिल्लो चैनपुरका १८ बर्षिय सन्जिब रम्तेल बेपत्ता भएको ईलाका प्रहरी कार्यलय खुर्कोटले जनाएको छ ।

 

रम्तेल स्थानिय सुनकोशी क्रशरको जेसिबि हेल्परको रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । रम्तेल डुबेर बेपत्ता भएको खबर प्राप्त गर्न साथ ईलाका प्रहरी कार्यलय खुर्कोट बाट प्रहरी नायव निरिक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थल तर्फ खटिगई खोज तथा घटनाका सम्बन्धमा बुझ्ने काम भईरहेको प्रहरीले जनाएको छ ।