• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

गृहमन्त्री हुन त यस्ता, आफ्नै भाइलाई पनि छाडेनन्

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

दुई वर्षअघि राजधानीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका साइला भार्य नरेश थापा पक्राउ परेका छन् । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतले पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागाभित्रैबाट फिरौति संकलन तीव्र बनाएको सूचना पाएपछि सिआईबीले गत साउन अन्तिम साता उनका सहयोगी पवन खण्डका र सुरेन नगरकोटीलाई समातेको थियो । समीरले फिरौति संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् । 

गृहमन्त्री बादलले अनुसन्धान अघि बढाउन बाटो खुला गरिदिएपछि साइला भाइ नरेश थापा पक्राउ परेको खुलेको छ । प्रहरी उच्च स्रोतका अनुसार जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्न्यात समूहका सदस्य र नरेश थापाबीच नियमित सम्पर्क हुने गरेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए । त्यसक्रममा गृहमन्त्री बादलले अनुसन्धान अगाडि बढाउन भनेको स्रोतको दाबी छ । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गृहमन्त्रीका साइला भाइ नरेशसँग सोधपुछ थालेको थियो । त्यही क्रममा उनलाई प्रहरी हिरासतमा राखिएको छ ।