• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

नेयमारलाई बार्सामा ल्याउन जे पनि गर्ने बोर्डसको अभिव्यक्ति

सिन्धुली साैगात संवाददाता

ब्राजिलका फुटबल नायक एवं इतिहासकै सबैभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महंगा खेलाडी नेयमारलाई बार्सिलोनामा फर्काउनकालागि बार्सिलोनाले सक्दो प्रयास गर्ने बताएको छ । बार्सिलोनाका निर्देशक जाभियर बोर्डासका अनुसार लालिगा च्याम्पियन बार्सिलोनाले नेयमारलाई ल्याउन गर्नसक्ने जे पनि गर्ने बताएका छन् ।

नेयमारले २०१७ मा फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी) सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार सम्झौता गरेपनि बार्सिलोना क्लबमा फर्कन चाहेका छन् । नेयमारका बुबा र एजेन्टका अनुसार बार्सा र पिएसजिबिच कुराकानि बन्द नभएको र नेयमार बार्सा आउने कुरा अन्तिम विन्दुमा पुगेको बताए ।

निर्देशक बोर्डासले भने, ‘नेयमारलाई बार्सा आउन मन छ । हामी उनलाई ल्याउन सक्दो प्रयास गर्छौ ।’ उनले थपे, ‘जे हुनु भएरै छोड्छ । फुटबलमा सबै कुरा परिवर्तन हुन्छ । तर, नेयमार नेयमारनै हुन् ।’

नेयमारको खेल जिवन विशेष भएको भन्दै बोर्डासले भने, ‘उनी असाधरण खेलाडी हुन् । उनलाई पिएसजिमा भिजन सकेनन् ।उनको निर्णय गलत थियो । ’

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६