• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

भगौडा भन्नेलाई दिपकको जवाफ, ‘जय हिन्द’

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँ– कलाकार दीपक राज गिरी आफ्नो बोलीका कारण सधैँ चर्चामा आइरहन्छन् । प्वाक्क बोल्ने शैलिले उनी विवादमा परिरहन्छन् । अहिले भने फिल्म प्रदर्शनको विषयमा दिपकको आलोचना भइरहेको छ । ‘छ माया छपक्कै’ फिल्मलाई दसैँको छेको पारेर प्रदर्शनमा ल्याउने कुरा भइरहेका बेला केही दिन पछाडि धकेलेपछि उनलाई भगौडा भन्न थालिएको छ । असोज १७ गते प्रदर्शनमा ल्याउने तयारी भएपनि हिन्दी फिल्म उक्त समयमा रिलिज हुने भएपछि फिल्म धकलिएको छ । ऋतिक रोशन र टाइगर श्राफ अभिनित हिन्दी फिल्म ‘वार’ ठीक यसै समयमा प्रदर्शनमा आउने भएपछि उनले प्रदर्शन मिति सारेका हुन् ।विदेशी फिल्मसँग आफ्नो फिल्म भिड्न तयार रहेको भन्दै भाषण गर्ने दीपकले बलिउड फिल्मसँग भिड्न डराएको आरोप लाग्न थालेको छ ।

तर, कलाकारी गिरीले आलोचकहरुलाई कडा जवाफ फर्काएका छन् । उनले हात खुट्टा बाँधेर कुस्ति खेल भन्यो भने कुस्ति खेल्नुको साटो भागेकै राम्रो भन्दै भगौडा भन्नेहरुकालागि जवाफ फर्काएका हुन् । उनले हिन्दी फिल्म लाइ ७० प्रतिशत हल दिने र नेपालीलाई ३० प्रतिशत हल दिदा दर्शकललाई सड़कमा राखेर फिल्म हेराउने भन्दै प्रश्न गरेका छन् । उनले समाजिक संजाल फेसबुकमा सरकार देखि सरोकारवाला सबैलाइ जय हिन्द भनेर प्रतिक्रिया दिएका छन् ।