• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

बेपत्ता दुई बालिका सम्पर्कमा आए

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

सल्यान– सल्यानमा एक हप्तादेखि बेपत्ता भएका दुई बालिका सम्पर्कमा आएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला रुकुमको आठबीसकोट नगरपालिकामा आफन्तको रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएका दुई बालिका सम्पर्कमा आएको प्रहरी चौकी वनगाड प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले सिन्धुली सौगातलाई बताए ।

भदौ १९ बेलुकीदेखि बेपत्ता भएकि बटालाको आमाबुवा भारतमा रोजगारीलाई गएकाले संरक्षकको घरमा बस्दै आएकि थिइन् । दुवैजना रुकुम पुगेको प्रहरीले बताएको छ । साथै, बेपत्ता भएका दुवैजनालाई लिन संरक्षक रुकुम जाने तयारी भइरहेको छ ।