• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सांकेतिक भाषाको तालिम सम्पन्न

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

राधिका बुढाथोकी

सिन्धुली – नेपाली सांकेतिक भाषाको तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । समावेसी समाज निर्माणका लागि नेपाली सांकेतिक भाषामा सबैको पहुँच भन्ने मूल नाराका साथ १ महिना देखि चलेकोे तालिम बुधबार सम्पन् भएको हो ।

तालिममा सामान्य गाउँघरमा घरायसी सामग्री, रङ, मौसम, खानेकुरा, बिरामी हुँदाको अप्ठयारो परिस्थितिमा मागिने सहयोग लगायतमा व्यक्त गरिने भाव र बोलचाल गर्ने व्यवहारिक भाषा सिकाएको जनाईएको छ ।

सांकेतिक भाषाको तालिम लिएपछि श्रवण शक्ति कम भएका नागरिकले भनेका कुरा अक्षर मार्फत पनि सहज रुपमा बुझ्ने र बुझाउन सक्ने भएको इन्द्र भुजेल बताए । उनले भाषा सिकेपछि दोहोरो कुराकानी गर्न सक्ने भएको बताए । यस्तै नेपाली सांकेतिक भाषाको बारेमा थाहा नपाउँदा श्रवणशक्ति कम भएका बिरामी उपचारका लागि आफु कहाँ आउने गरेको तर उनीहरुको भाषा नबुझ्ने भएकाले समस्या हुने गरेका र सांकेतिक भाषा सम्बन्धि तालिम लिएपछि बिरामीको समस्या पत्ता लगाउन सहज हुने भएकोे सिन्धुली अस्पतालका अर्थोपेडिक डाक्टर सुधाँशु झा बताए ।

समाबेसी समाजको परिकल्पना स्वरुप श्रवणशक्ति कम भएका नागरिक कुनैपनि कार्यालय, बजार पसल, अस्पताल र अन्य क्षेत्रमा गएर पनि सजिलै सेवा लिन सहज होस् भनेर हेतुले सेवाप्रदायक निकायका सरोकारवालाहरुलाई नेपाली सांकेतिक भाषाको तालिम दिएको नवज्योती बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् वरिष्ठ दोभासे विजय तामाङ जानकारी दिए ।

श्रवणशक्ति कमजोर भएका अपाङ्गगता नागरिकका समस्या सहज रुपमा बुझ्न सकुन् भन्ने अपेक्षाका संचालन गरिएको सांकेतिक भाषाको तालिममा जिल्ला समन्वय समिति सिन्धुली, कमलामाई नगरपालिका, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक, विद्यालय व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी, सिन्धुली जिल्ला अस्पताल, बैंक, व्यवसायी, अपांग कल्याण संघ, गैर सरकारी संस्था, युवा क्लब, सञ्चारकर्मी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।