• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

आजको राशिफल

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

ज्योतिषी दुर्गा भण्डारी

वि.सं.२०७६ साल भाद्र २६ गते । बिहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि चतुर्दशी,अहोरात्र । नक्षत्र धनिष्ठा,२९ घडी ३२ पला,बेलुकी ०५ बजेर ३६ मिनेट उप्रान्त शतभिषा । योग सुकर्मा,३८ घडी ३८ पला,बेलुकी ०९ बजेर १५ मिनेट उप्रान्त धृति । करण गर,बेलुकी ०५ बजेर ३९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान ३० घडी ५८ पला । पञ्चक। अनन्तचतुर्दशी व्रत। प्राथमिक उपचार दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समय मध्ययम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी न्युन नै हुनेछ । आम्दानीका बाटाहरु साँघुरा हुनाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दाजुभाईको सहयोग नपाउँदा कामहरु थाति रहनेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :-आफन्त तथा बुवा सरहका मानिस सँग मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारि काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढिनै लगानी गर्नपर्ने देखिन्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखि काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम रहेकोछ । आत्मबिश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :-समय मध्ययम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाडै बस्नु उचित हुनेछ । व्यावसायमा लगानी कर्ताहरु बिच मनमुटाब सिर्जना हुने योग रहेकोछ । लामो दुरिको व्यावसायिक यात्रामा बिलम्ब हुनेछ । सवारि साधन तथा अन्य हार्डवयेर सँग सम्बन्धित बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा सत्रुले सताउँनेछन् । काममा ढिला सुस्ति तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउँन सक्छ । बिद्या तथा प्रतिष्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिष्पर्धिहरुनै हावि हुनेछन् । अदालति निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केहि समयको लागि टाडिनु पर्ने बाध्यता आउँनेछ । आफन्त,मामा तथा मावलि पक्षसँग राय बाजिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरुदिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा नकिज हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतिमा मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):-  राजनिति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दि आएपनि घरजग्गा तथा सवारि साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुदानै राम्रो हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त तथा छिमेकिसँग बिवाद हुने योग रहेकोछ । बिवाद तथा प्रतिष्पर्धामा सामेल नहुनु होला समय मध्यम रहेकोछ । यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाति रहनेछन् । तरपनि खेलकुट तथा पराक्रमि क्रियाकलापहरु सामेल भई आफ्नो उत्कृष्ट प्रर्दशन देखाउँने अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसि व्यापारमा समय व्यातित हुने तथा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाढि बढाउँन सकिनेछ । प्रणय सम्बन्धमा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनितिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-  विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले लामो दुरिको यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दि आउँनेछ । पढाई लेखाईमा मन नजादा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।

 

तपाईको दिन शुभ रहोस् ।