• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सिंगापुरबाट फर्किएपछि पहिलो पटक स्वास्थ्य अवस्थाको बारेमा बोले ओली

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

सिन्धुली साैगात संवाददाता

प्रधानमन्त्री केपी ओली सिंगापुरमा दुई साता लामो उपचारपछि गत शुक्रबार नेपाल फर्किएपनि आफ्नो स्वास्थ्य अवस्थाकाबारेमा बोलेका थिएनन् । नेपाल फर्किएको झण्डै एक हप्तामा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

उनले आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमो उपचारपछि आफ्नो अवस्था राम्रो भएको बताएका हुन् । सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार ओलीले नियमित काम गर्न सक्ने भएको बताएको उल्लेख गरे ।

सिंगापुरमा ओलीको रगतमा रहेको एन्टीबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो । सिंगापुरमा उपचारकाक्रममा मुटुमा राखिएको क्याथेटर बुधबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालेका थिए । क्याथेटर निकालेका कारण पार्टी अध्यक्ष समेत रहेका ओलीलाई हल्का ज्वरो समेत आएको थियो । बैठकमा उपचुनावको विषयमा कुरा उठेको थियो । दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिइएको छ ।