• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सोलुखुम्बुमा उडिरहेको हेलिकप्टरबाट सिरकको पोका झरेपछि….

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

सिन्धुली साैगात संवाददाता

बिहिबार फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको हेलिकप्टरबाट सिरकको पोको खसेको छ ।

कैलाश एयरको हेलिकप्टरबाट सोलुदुधकुण्ड नगरपालिकाको फेरामा सिरकको पोका झरेको स्थानीयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बताएका छन् । आकाशबाट सामाग्री झरेपछिस्थानीय असुरक्षित भएको प्रशासन समक्ष गुनासो गरेका छन् ।

सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाले सामन ढुवानी गर्दा सानो कमजोरीले दुर्घटना हुनसक्ने हुँदा सवाधानी अपनाउनुपर्ने बताएका छन् । अबका समयमा यस्तो गल्ती नर्दोयाउन पनि उनहिरुले हेलिकप्टर कर्मचाारीहरुलाई सुझाव दिएका छन् ।

सो हेलिकप्टरका कर्मचारी विलक श्रेष्ठ अन्जानमा भएको गल्तिले सामान झरेको स्वीकारेका छन् । उनले अबका दिनमा यस्तो गल्ती नर्दोयाउने पनि प्रतिबद्धता व्यक्त गरे ।