• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

आजको राशिफल

ज्योतिषी दुर्गा भण्डारी ।

वि.सं.२०७६ साल भाद्र १९ गते । बिहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ०५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि सप्तमी,५१ घडी ०३ पला,रातको ०२ बजेर १० मिनेट उप्रान्त अष्टमी । नक्षत्र विशाखा,११ घडी ४३ पला,बिहान १० बजेर २६ मिनेट उप्रान्त अनुराधा । योग वैधृती,४९ घडी ०५ पला,रातको ०१ बजेर २२ मिनेट उप्रान्त विष्कुम्भ । करण गर,दिउसो ०२ बजेर ४४ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर १० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २६ पला । भक्तपुरस्थित मंगलकुण्डमा मेला। अगस्ति उदय –काठमाडौं समान २७ं।४२’ उत्तरी अक्षदेशमा) ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गर्नुपुर्व आवस्यक तयारि राम्रो सँग गर्नुहोला । पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा नआउँन सक्छ । प्रेममा रमाउँन चाहनेहरुका लागि आजको दिन मध्ययम रहेकोछ । गोप्यता भङग हुने तथा आफन्त सँग बिवाद बढ्नेछ ।

 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारि साधन तथा बिलाशी सामान हातलागि हुने योग रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):-पढाई लेखाईमा सहपाठिहरुलाई किनारा लगाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्निबिच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न बस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यावसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- राजनिति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा नभएपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा धोका हुनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रतिष्पर्धामा सहभागि हुनु परेपनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):- व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो बाताबरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउँन सक्नेछन् । साझपख यात्राको गतिलो योग रहेकोछ भने न्यायिक निर्णय तपाईकै पक्षमा हुनेछन् ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुचना प्रबृधिको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुँनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- लाभ भावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । मन पर्ने मायालुका साथ दिनभर समय व्यायित गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगमा सवारि साधन तथा भौतिक सम्पति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):- सामाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- सामाजिक तथा परोपकारि काममा समय व्यातित हुनेछ । सरकारि स्तरबाट हुने कामहरु समयमा सम्पादन हुने हुनाले नया काम गर्न जोस जागर आउँनेछ । शिक्षाकै सवालमा लामो दुरिको यात्रा हुने प्रसस्त सम्भावना रहेकोछ । आफन्त तथा घरपरिवारका सदस्यहरुका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमुलक काममा मन जाने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६