• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

साइबर सुरक्षालाई नजरअन्दाज नगरौँ

प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६

सम्पादकीय

 

नेपाल इन्टरनेटको प्रयोग बढ्दो छ । इन्टरनेटको माध्यमबाट सेवा प्रवाह पनि भइरहेको छ । सरकारी निकायहरूले पनि वेबसाइटको माध्यमबाट सेवा प्रवाह गर्दैछन् जुन सकारात्मक हो । तर, सरकारी निकायका वेबसाइटहरु बारम्बार ह्याक हुदैँ आएको छ । कमजोर साइबर सुरक्षाका कारण नेपालका वेबसाइटहरु ह्याक हुदैँ आएको छ । त्यसैगरि, शनिबार भएको साइबर हमलाबाट पनि के देखिन्छ भने नेपालमा साइबर सुरक्षालाई गम्भिरताका साथ लिएको छैन । बैंकले साइबर सुरक्षालाई प्राथमिकता नदिदा झण्डै ठूलो दुर्घट्ना घटेको थियो । शनिबार बैंकको एटीएममा प्रविधिको प्रयोग गरेर चिनिया नागरिकले करोडौँ लुट्ने प्रयास गरे । प्रहरीको सक्रियताले दोषि पक्राउ परेपनि साइबर सुरक्षाको थ्रेट घटेको छैन । एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेका छन् ।

तसर्थ, साइबर सुरक्षाकालागि विशेष कदम चाल्न जरुरी छ । साइबर आक्रमणहरू अन्तर्राष्ट्रियस्तरको हुन्छ । बाहिर जस्तो खालको आक्रमण हुने गर्छ त्यसै खालको यहाँ आउँछ । रोकथामका उपाय बाहिरकै जस्तो हुनुपर्छ तर नेपालमा त्यस्तो नभइसकेकोले समस्या देखिएको छ । अतः यी सबै कमजोरीलाई मध्यजनगर गरेर साइबर सुरक्षाकालागि सम्बन्धित सबै निकायले समन्वय गर्दै आवश्यक कदम चाल्न जरुरी छ ।