• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

क्यानको पाँच वटा प्रादेशिक समितिको निर्वाचन सकियो

सिन्धुली साैगात संवाददाता

नेपाल क्रिकेट संघ (क्यान) को पाँच वटा प्रदेशीक संघको निर्वाचन सकिएको छ। प्रदेश १ मा मिङ्माडन्डु शेर्पा, सुदूरपश्चिममा हरि रेग्मी र गण्डकी प्रदेशमा देवेन्द्र प्रजू अध्यक्षमा निर्वा्चित भएका थिए।

शनिबार प्रदेश २ को प्रदेशीक संघमा धनुषाका हरि भगतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वा्चित भएसँगै क्यानको प्रदेशिक निर्वाचन अन्तिम चरणमा पुगेको छ ।

प्रदेश २ को अध्यक्षमा भगत निर्वा्चित हुँदा उपाध्यक्षमा सुनील कुमार महासेठ, सचिवमा आयुश श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार गुप्ता चयन भएका छन्। सदस्यमा सतिशकुमार सिंह, डा. हरिशंकरप्रसाद साह, निरज खत्री, आकाश पाण्डे, सुभाव जयसवाल, रोशनकुमार सिंह र मर्तुजा हवारी निर्वा्चित भएका छन्।

यसअघि प्रदेश ५ र ६ को अध्यक्षमा दुर्गाबहादुर थापामगर चयन भएका थिए। क्रिकेट संघसँग आबद्ध हाल एउटै मात्र जिल्ला रहेकाले यो निर्वाचन प्रक्रियाका लागि मात्र प्रदेश ६ लाई पनि प्रदेश ५ कै निर्वाचनमा सहभागी गराइएको थियो। प्रदेश ६ अन्तर्गत सुर्खेत जिल्लामा मात्र संघ रहेको छ ।

प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६