• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

५ सय युवतीको स्कर्टमा गोप्य क्यामेरा

सिन्धुली सौगात

स्पेन मड्रिडको पुलिसले स्कर्ट लगाउने ५०० युवतीको गोप्य भिडियो बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

स्कर्ट लगाउने युवती जब मेट्रोमा चढ्छन, तब उनले गोप्य तरिकाले भिडियो बनाउने गरेको रहस्य सार्वजनिक भएको छ ।

तलबाट माथिल्लो भागको भिडियो बनाउन सक्ने क्यामेरा राखेर एक युवकले भिडियो खिच्ने र पोर्न साइटमा हाल्ने गरेको पाइएको छ ।

ती व्यक्तिले अहिलेसम्म २ सय ८३ भिडियो पोर्न साइटमा हालिसकेका थिए ।

 

पुलिसले ५ सय ५५ जना पीडित युवतीको पहिचान गरेको छ । केही १३ वर्षमुनीका समेत रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आरोपित व्यक्तिले सन् २०१८ देखि नियमित युवतीको अश्लील भिडियो बनाइरहेको स्वीकार गरेका छन् ।

 

सुरक्षाकर्मीका अनुसार मेट्रो र सुपरमार्केटमा आउने युवतीको ती व्यक्तिले भिडियो बनाउने गरेका थिए । आरोपीले युवतीको नजिक जाने र राम्रो क्वालिटीको भिडियो बनाउने गरेका थिए ।

 

पुलिसले आरोपीको घरमा छापामारेर एक ल्यापटप, तीन हार्ड ड्राइभसहित भिडियो बरामद गरेको छ ।

 

उक्त व्यक्तिले सञ्चालन गरेको पोर्न साइटसमेत पुलिसले प्रतिबन्ध लगाएको छ । लाखौंले उक्त भिडियोको भिजिट गरेका थिए ।

 

आरोपी व्यक्ति कोलम्बियाको ५३ वर्षको रहेको पुलिसले जनाएको छ ।

 

एक युवतीको गोप्य अंगको भिडियो खिच्ने क्रममा ती व्यक्तिलाई पक्राउ गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

 

युरोपमा यो गम्भीर अपराधमा पर्छ । ती व्यक्तिलाई दुई वर्षको जेल सजाय हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६