• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

कोरियाले फिर्ता पठायो ८ नेपाली

सिन्धुली सौगात

कोरिया प्रवेश गरेका मौसमी कामदारलाई इन्छन विमानस्थलको अध्यागमन विभागले फिर्ता पठाएको छ । कोरियाको पोछन नगरपालिका र सुर्खेतको पन्चपुरी नगरपालिकाबीच सिधा सम्झौतापछी मौसमी कृषि क्षेत्रमा काम गर्ने गरी १३ जना नेपाली कामदार कोरिया प्रवेश गरेका थिए ।

 

गत १३ तारिख इन्छन विमानस्थलमा प्रवेश गरेका उनीहरुलाई प्रवेश हुनु अगावै पोछन नगरपालिकाले भिषा रद्द गरेपछि फिर्ता पठाइएको हेल्लो नेपाल कोरियाले जनाएको छ ।

 

प्रवेश गरेका १३ जना मध्ये ८ जना आफ्नै खर्चमा नेपाल फर्किए पनि बाँकी ५ जना भने कोरिया प्रवेश गर्न पाउनुपर्ने माग राख्दै विमानस्थलमाको आगमन कक्षमा अलपत्रै बसिरहेको कोरियन सञ्चारमाध्यमहरुले जनाएको छ ।

 

उनीहरूमध्ये ८ जना अंग्रेजी भाषा बोल्न नजानेकाले फिर्ता भएका छन भने अंग्रेजी भाषामा बोल्न सक्ने ५ जनाले जसरी पनि प्रवेश पाउनुपर्ने माग गर्दै धर्नामा बसेका हुन ।

 

हेल्लो नेपाल कोरियाका अनुसार अध्यागमन विभागले उनिहरुलाइ फिर्ता हुन दवाव दिइरहेको छ भने यदि नमाने जबरजस्ती फिर्ता पठाउने समेत बताएको छ । त्यस्तै कामदार सम्झौता गरेको पोछन नगरपालिकाले समेत उनीहरुलाई भिषा रद्द भएका कारण स्वदेश फिर्ता हुन भनेको छ ।

 

गत अप्रिलमै कोरिया प्रवेश गर्नुपर्ने उनीहरुलाई तेस्रो व्यक्ति मार्फत सम्झौता गरिएकोले कामदार पठाउने प्रक्रियामा ढिलाइ हुदा भिषा रद्द भएको हुनसक्ने बताइएको छ । उनीहरु भारतको बाटो हुँदै कोरिया प्रवेश गरेका थिए ।

 

कोरियामा मौसमी कामदारको अभावलाई पूर्ति गर्न नगरपालिकाले गरेको सम्झौताको आधारमा न्याय मन्त्रालायले यो वर्ष नेपालबाट ६९ जना कामदारको लागि अनुमति प्रदान गरेको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६