• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

साफ यु–१५ च्याम्पियनशिपमा नेपाल विजय : ५–० ले  भुटानलाई हरार्‍यो

सिन्धुली सौगात

साफ यू–१५ च्याम्पियनशिपमा भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले भुटान विरुद्ध ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको छ ।

 

नेपालले भुटानलाई सुरुदेखि नै दबाबमा राखेर पहिलो हाफमा २ गोल गरी दोस्रो हाफमा थप ३ गोल गरी शानदार जित हासिल गरेको छ । नेपालको जितमा प्रदिप लम्सालले २ गोल गरे भने निराजन खत्री असिम राई र कृष सापकोटाले १ गोल गरेका थिए ।

 

पहिलो हाफको पाँचौं मिनेटमा प्रदीप लम्सालले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । यसैगरी नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर गरे ।

 

 

 

त्यसपछि पहिलो हाफमा नेपालले गोल थप्न सकेन । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट खेल खेलेको थियो ।

 

४८ औं मिनेटमा प्रदीप लम्सालले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ७५ औं मिनेटमा असिम राईले गोल गर्दै नेपाललाई फराकिलो जित तर्फ साफ यु–१५ च्याम्पियनशिपमा नेपाल विजय : ५–० ले  भुटानलाई हरार्‍यो  । ८५ औं मिनेटमा कृष सापकोटाले गोल गर्दै नेपाललाई ५–० को जित फराकिलो जित दिलाए ।

 

तालिकामा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने ‘हेड टु हेड’ का आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ ।

 

आज दिउँसो भारत र बंगलादेश भिड्दै छन भने ‘हेड टु हेड’का आधारमा अघि रहेकोले भारतलाई बगंलादेशले हराएपनि नेपाललाई असर पर्ने छैन ।

उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६