• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

  नेपालबाट  सिधैं जापान उडान  आजदेखि सुरु

सिन्धुली सौगात

नेपाल एयरलाइन्सले पहिलो पटक जापानको ओकाशास्थित कान्साई विमानस्थलका  लागी सिधा उडान गराउने भएको छ । उक्त्त विमान त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको  उडान पश्चात जापानमा पुगेर अवतरण गर्ने छ ।

 

काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट उडान गरी जापान जाने गरेको थियो । ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सले जापानमा पहिलो उडान गरेको थियो ।

 

साथै २५ जनाको नेपाली टोली पनि जापान जानेछ भने  टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने छन । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरु पाहुनाका रुपमा सहभागी  हुने छन ।

 

निगमका उपमहाप्रबनधक गणेशबहादुर चन्दका अनुसार राति २ः३० मा हुने र करिब ९० जना यात्रुले सहभमगिता जनाउने छन । यात्रु संख्या भने बुधबार बेलुका सम्ममा तय हुनेछ ।

 

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।काठमाडौंबाट सिधा ओशाका उडान हुनेछ र नेपाल एयरलाइन्सले सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान भर्नेछ । निगमका अनुसार सातामा तीन उडान गर्न कुल २५ जना पाइलट खटिनेछन, त्यसमध्ये १५ पाइलट विदेशी हुन ।निगमलाई सहजै यात्रु प्राप्त हुने विमानस्थल भने जापानको टोकियोस्थित नारिता विमानस्थल हो । यहाँ भने सेड्युल उडानको अनुमति पाइसकेको छैन ।

 

आगामी जनवरीसम्म नारिता विमानस्थलमा पनि उडान भर्न अनुमति प्राप्त भइसक्न छ  ।दशैंको मुख पारेर यस विमानस्थलबाट दुई चार्टर्ड उडानको अनुमति भने निगमले पाएको छ । दशैंमा राम्रो अकुपेन्सीमा जापान उडान गर्ने निगमले बताएको छ ।

प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६