• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

यू–१९ क्रिकेट टिमले क्रिकेट क्लब बादुरेलियासँग दोस्रो अभ्यास खेल खेल्ने

सिन्धुली सौगात

 

भदौ १९ देखि २८ गतेसम्म हुने एसीसी यू–१९ एसिया कप क्रिकेट खेलको लागी नेपाली यू–१९ क्रिकेट टिमले भोलि दोस्रो अभ्यास खेल खेल्ने भएको छ ।

 

श्रीलंकामा रहेको टिमले श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग अभ्यास खेल खेल्ने भएको छ । खेल सुरे क्रिकेट मैदानमा आयोजना हुनेछ ।

 

हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो।

 

नेपालले तेस्रो तथा अन्तिम चरणको अभ्यास खेल चिल मारियन्ससँग खेल्नेछ।

 

प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६