• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

साफ यू–१५ फुटबल प्रतियोगिता : नेपाल बंगलादेशसँग भिड्दै

सिन्धुली सौगात

भारतमा पाचौं साफ यू–१५ फुटबल च्याम्पियनसिप जारी रहेको छ। उक्त खेलमा भारतको कल्याणीमा दिउँसो ३ः१५ मा सुरु हुने खेलमा आज नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

 

उपाधिको लक्ष्यसहित भारत पुगेको टोली शीर्ष २ मा पर्दै फाइनलमा स्थान बनाउन पनि जित आवश्यक छ । २ खेलबाट ३ अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ ।

 

शीर्ष स्थानमा रहेको भारतको ६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशले पनि ६ अंक जोडेको छ ।

 

नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो ।

 

नेपालले बंगलादेशपछि समूह चरणको अन्तिम खेलमा बिहीबार भुटानसँग खेल्ने तालिका रहेको छ। प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

 

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन ।

प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६