• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सुनले बनायो नँया रेकर्ड , अहिले सम्मकै महँगो

सिन्धुली सौगात

सुनको भाउ दिनप्रति दिन आकाशिँदै गएको छ । सुन आज सोमबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

 

आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो। सोमबार सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, चाँदी पनि सोमबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

 

योसँगै सुनले नयाँ रेकर्ड बनाएको छ ।

प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६