• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

अझै संघर्षको मैदानमा राजा र माओवादीहरु

सिन्धुली सौगात

लेखक :  विनोद दाहाल 

 

माओवादी र राजावादी अर्थात राजतन्त्रको लडाईं अझै सकिएको छैन । बिचौलीयाले सत्ता हत्याएर जुधाउन अझै छोडेका छैनन् । राजावादीहरु अझैं नागार्जुनलाई राजधानी बनाएर सलबलाईरहेका छन्, सकिएका छैनन् । माओवादी पार्टी नेतृत्वले आफ्नो प्रतिबद्धता उल्लंघन गर्दै संझौताहीन संघर्षको बाटो छोडेर अवशरवादी चरित्र देखाएका कारण माओवादी आन्दोलन बिकेन्द्रित भएर प्रतिगमनको सामना गरिरहेका छन् । कोही माओवादी जातै फेरेर आफ्नै मञ्च नभएपछि ती माओवादीहरु एमाले र फोरमको मञ्च उपयोग गरिरहेका छन् । अरु माओवादीहरु अस्थाई शिविरमा बसेर कराइरहेका छन, चिच्याइरहेका छन— आवश्यक पर्‍यो भने हतियार पनि उठाँछौं ।

 

प्रतिगमनका बुख्याँचाहरु राजकुमारको भेषमा संघर्षको मोर्चा तयार गरेर चितवनतिर सवार हुन पुगेका छन— आफैंलाई नचिन्ने एकहुल भीडका साथमा । मञ्च प्रयोग गर्न दिएकै नाममा प्रतिगामी भेडाहरु एमाले बिरुद्धसमेत आक्रामक भएका छन् भने सामाजिक सञ्जाललाई सामरिक अस्त्रझैं प्रयोग गरिरहेका छन् । आफूलाई कानुन लाग्नुहुन्न भन्ठान्ने, पारस झैं राजकुमार बुझ्ने एउटा बुख्याँचा अहिले चितवन हिरासतमा छ । एमालेको दोहोरो चरित्रले गर्दा हिरासतमा राखिराख्न अप्ठ्यारो महशुस गर्दैछ भने पहिलेका माओवादी अर्थात गणतन्त्रको आवश्यकता ठान्नेहरु हिरासतमा राखिराख्न प्रयत्नरत छ ।

 

माथि पनि हाक्काहाक्कि जुधिरहेका देखिन्छन् । माओवादीहरु आफ्नो लक्ष्य नै छोडेर मात्रै राजासँग लडिरहेको देखिन्छ । राजनीतिक रुपमा अवशरवादी र वर्गीय हिराबले बेइमानी बन्न पुगेका पुष्पकमल जनतालाई गुहारेर नागार्जुनबाट पनि लखेट्ने उदघोष गरिरहेका छन् । सुनकोशीको खैरेनिघाट पुलको उदघाटन गर्न आएका बेला उनी यसरि कराएको दुनियाँले सुने । फोरमको मञ्चबाट बाबुराम पनि पुनः राजतन्त्र आउने भ्रममा नपर्न र दुस्साहास नगर्न ज्ञानेन्द्रलाई चेतावनी दिइरहेका छन् । किरण, विप्लव, अन्य व्यक्ति तथा समुहहरु पनि राजाका पछिल्ला गतिबिधिहरु र तनावमा पारेर सरकारलाई सताइरहेकोमा बिरोध जनाइरहेका छन् । जे होस, केही अचेतन अवस्थाका बाहेक राजा र प्रतिगामी शक्तिहरु बिरुद्ध पहिलेका माओवादीहरु जुधिरहेका देखिन्छन् । अझै संघर्षको मैदानमा राजा र माओवादीहरु टकराइरहेका छन् ।

 

२०४६ सालको जनआन्दोलनमा ३ वटा राजनीतिक शक्तिहरु मिलेर राजाको पञ्चायती व्यवस्थाबिरुद्ध लडेर बहुदल ल्याएका थिए— नेपाली काँग्रेस, बाममोर्चा र संयुक्त जनआन्दोलन समिति । गणतन्त्र सम्मका लागि लड्ने सवालमा कुरा नमिलेपछि जनआन्दोलनमा आफ्ना छुट्टै कार्यक्रम लिएर तेश्रो शक्तिले छुट्टै कार्यक्रमका साथ आन्दोलनमा होमिएको थियो । यो पक्षमा नेतृत्व गर्ने, पछि भन्ने गरेको माओवादीले चैत्र २४ गते कार्यक्रम राखेको थियो । उक्त दिन जनताले पहिलोपटक गणतन्त्रको नारा लगाउन पाएका थिए र उक्त कार्यक्रममा सहभागी जनसमुदाय नारायणहिटी दरवारतिर जान नेतृत्व पाएका थिए । घण्टाघर हुँदै अगाडिको चोकमा गएर राजा महेन्द्रको सालिक ध्वस्त पार्न पाएका थिए । नेपालमा पहिलोपटक गणतन्त्रको नारा लगाउँदै पहिलोपल्ट सडकमा धेरै जनाले वलिदान गरेका थिए ।

 

जनआन्दोलनपछि प्रमुख दुस्मन किटानी गर्दा तत्कालिन एमालेले दलाल पुँजीवाद र त्यसको राजनीतिक प्रतिनिधित्व गर्ने काँग्रेसलाई ठहर ग¥यो । यसकार्यले ती दुई पार्टीहरुबीच तनाव बढायो । त्यसैले काँग्रेस र एमालेका दुस्मन सामन्तवाद र त्यसको राजनीतिक प्रतिनिधित्व गर्ने राजा परेन । जुन दुस्मनको सूचिमै थिएन त्यसका बिरुद्ध कार्यक्रम हुने कुरा नै भएन । माओवादी दमनका बाहानामा दरबार हत्याकाण्ड गरेर आएको राजाले जब संसदवादीलाई ढाडमा लात हान्नपुग्यो । अब त चेतलान् र राजतन्त्रबिरुद्ध लाग्लान भन्ने जनताको अपेक्षालाई उपेक्षा गर्दै फेरि पनि ढाड सुम्सुम्याउँदै गुमेको अधिकार मात्रै राजासँग मागेर बसिरहे । सामन्तवाद, साम्राज्यवाद र बिस्तारवादसँग मिलेर शासन गर्ने नीति अख्तियार गर्न पुगे । यही नीति नै दलाली नीति हो । यसको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हरेक क्षेत्रमा प्रभाव हुनेनै भयो । त्यसपछि दलाल शासनव्यवस्था झन्झन् मौलाउँदै गयो ।

 

दरवार हत्याकाण्ड र संकटकालको अबधिमा समेत भारतको योजनामा काँग्रेस, बाममोर्चा अर्थात एमाले र राजा सबैलाई तर्साएर मेलमिलाप गर्न बाध्य पारिएको थियो । एमालेले राजासमेत संविधानले बाँधिन पुगेको निश्कर्षसाथ राजाको राष्ट्रप्रमुखको हैसियतमा बसेर राजनीति गर्न मञ्जुर गरेको कुरालाई नियमितता दियो । पछि उसको मुख्य घटकले श्री ५ अन्तर्गतको सरकार बनाउन पुगेको थियो । संकटकालमासमेत त्यो प्रयास जारि नै राख्यो, यद्यपि दौरा सुरुवाल लगाएर ठिकठाक परिरहेको अवस्थामा सरकार भने पाएन ।

 

२०६२/६३ आन्दोलनमासमेत राजाबाट संसदको पुनःस्थापना मागेर राजतन्त्र स्वीकारेरै बसेको थियो । बाममोर्चा र नेपाली काँगे्रसले नीतिगत रुपमा कहिल्यै र कतै गणतन्त्र माग राखेको थिएन, त्यसैले ती नेता तथा कार्यकर्ताले कहिंकतै गणतन्त्रको बारेमा बोल्न र कार्यक्रम गर्न पाएनन् । गणतन्त्र केवल माओवादीको माग थियो । तैपनि नेपालमा गणतन्त्र आयो । १२ बुँदे समझदारिमा माओवादीले गणतन्त्रका लागि समझदारि गराउन सकेको थिएन । आपसि समझदारि गर्दै अघि बढ्ने भन्ने समझदारि राजा ज्ञानेन्द्रले जनताको नासो फिर्ता दिएको घोषणा गर्दा बुरुक्कै उफ्रेर राजतन्त्रकै पाउ परेका उनीहरुलाई राजतन्त्रबिरुद्ध जान नैतिक संकट परिरहेको थियो । १२ बुँदेमा माओवादीसँग भएको समझदारि तोडेर हिंड्नेले गणतन्त्र माग गर्ने हैसियत नै राख्दैनथे । कस्ले किन र कसरि गणतन्त्र ल्याएका ल्याएको भन्ने प्रष्ट नै छ ।

 

गणतन्त्र त देशमा आयो तर राजा पाल्ने गणतन्त्र आयो । गणतन्त्र आएको भनिएपनि यो माओवादीले खोजेको जस्तो छैन । माओवादीले खोजेको जनगणतन्त्र थियो । बाबुराममार्फत भारतको दवाव आएर चुनुवाङको केन्द्रिय समितिको बैठकपछि लोकतान्त्रिक गणतन्त्रमा झ¥यो । अहिले नेपालमा राजा पाल्ने गणतन्त्र आएको छ । अर्थात सामन्तवादको सबै अवशेषहरु राख्ने गरि संझौता भएर दलाल शासनव्यवस्था आयो । यस्तो गणतन्त्र भारतमा अंग्रेज हुँदा आएको थियो— राजा पाल्थ्यो, शासन आफू गथ्र्यो । अहिले यहाँ पनि राजा पाल्ने तर शासन भारतको माइक्रो म्यानेजमेन्टमा गर्ने स्थिति आएको छ । माओवादीले खोजेको जनगणतन्त्र हो, अव यही व्यवस्थाबाट आउन पनि सक्दैन । राजाको नियन्त्रणमा रहेको संसदवाद हटाएर जनगणतन्त्र ल्याउने भन्दाभन्दै अन्तिममा अवशरवादी नेतृत्वले आफैंलाई संसदीय गणतन्त्रको भासमा डुबाए । अहिले उनीहरु बेइमानी कुरा गरिरहेका छन, जनयुद्ध यही गणतन्त्रको लागि भएको थियो पनि भन्न पुगेका छन् । त्यसैले भन्न सकिन्छ— अवशरवादीले कहिल्यै सत्य कुरा गर्दैनन् ।

 

हुनतः गणतन्त्र हटाउन कम्युनिस्ट पार्टी स्थापना भएको थियो । झापा बिद्रोह पनि सामन्ती, मुख्यतः राजा नै नास्ने योजनाको बिद्रोह थियो । २०४२ सालमा रामराजाले गणतन्त्रको लागि भन्दै राजधानीमानै बम आक्रमण गरेका थिए । उनी पछि गणतन्त्रवादी नेता भनेर चिनिए । त्यसैले गणतन्त्र मशाल हुँदै एकताकेन्द्र हुँदै आएको र मशाल नै पहिलो भन्नेगरि प्रचार गर्नु न्यायोचित हुँदैन । तर जब गणतन्त्र ल्याउने बेला पहल लिने हैसियतमा केवल माओवादी मात्र हुन पुग्यो, अर्काले अन्तिममा जनदवावले गर्दा सहि गर्न पुगेकाले दावा गर्ने हैसियत गुमाएका छन् । कुरा के स्पष्ट छ भने गणतन्त्र आएपनि माओवादीले खोजेको जुन जनगणतन्त्र थियो, आएन । गणतन्त्र त अवशरवादी तप्काले मात्र खोजेका थिए ।

 

अहिले पहिलेको त्यो माओवादी संगठित रुपमा न अस्तीत्वमा छ न त राजा वा राजतन्त्र । बाह्य शक्तिकेन्द्रद्वारा सञ्चालित बिचौलिया र अवशरवादी तप्काले देशको शासनव्यवस्था हत्याउन पुगेका छन् । माओवादीको एउटा तप्काले अहिले पनि आत्मसम्र्पण गरेको छैन, बरु लडाईंको एउटा मोर्चामा पराजय भएको मात्र जनाएको छ । फेरिपनि संगठित भएर पहलकदमी लिन योजना बुनिरहेको छ । राजा पनि राज्यकै भरणपोषण र शुरक्षामा नागार्जुनमा बसेर गुमेको अधिकार फर्काउने तानाबाना बुनेर बसेको छ । केही दिनदेखि भएका राजाका गतिबिधिदेखि दलाल सत्ता र पुष्पकमल तथा बाबुराम पनि झस्किएका छन् । सतही चेतनाका भीडलाई राजाले उपयोग गरिरहेको छ ।

 

पछिल्लोपटक चितवनमा राजा र माओवादीको संघर्ष सतहमा देखिएको छ । पत्रकार पुडासैनी आत्महत्या प्रकरणलाई ज्ञानेन्द्रले प्रहार गर्ने मौकाको रुपमा लिएको देखियो । यसअघि पनि उनको अन्तवार्ताको संगालो प्रकाशन र आफू फेरि सक्रिय हुने कुराले ज्ञानेन्द्रले मौका छोपेर संघर्षको अघोषित आह्वान गरेको बुझ् सकिन्थ्यो । ज्ञानेन्द्रका गतिबिधिहरु र चितवनमा देखिएका बिचित्रका घतनाहरु माओवादी लक्षित छन् । काँगे्रस र एमालेलाई नैतिक संकट के छ भने उनीहरुले नचाहिरहेको बेलामा भारतीय दवावबाट माओवादीको माग गणतन्त्रमा जान बाध्य पारिएकोले अहिले कुनै प्रतिक्रिया दिन अप्ठ्यारो भएको छ । राजाको लागि अहिले सबैभन्दा अनुकुल परिस्थिति छ, गणतन्त्रको मुद्दा नै नभएकाहरु सत्ता र प्रतिपक्षमा छन् । माओवादी भन्नेहरुको कहिंकतै भूमिका र हैसियत छैन । तिखेर निम्तिने प्रत्तेक संकटले राजतन्त्र फर्काउने कार्यमा सहयोग पुग्छ भन्ने ज्ञानेन्द्रले बुझेको हुनुपर्छ र गतिबिधिहरु बढाउन थालेका छन् ।

 

अहिले दलाल पुँजीवादको प्रभाव सबैतिर व्याप्त भएको बेला जनताले जुनसुकै भएपनि अर्को बिकल्प खोज्ने स्थिति छ । भद्दा खालको संघीयता र संसदवादको उत्पादन भँडुवा विकासवादले जनता थप मारमा परेका छन् । साँपझैं पालेर राखेको राजा र भ्रष्ट्र राजनीतिक नेतृत्वले गर्दा जनतामा शंका र बितृष्णा छाएको छ । केही परिवर्तन पनि नरुचाउने प्रतिगामी र प्रतिक्रियावादी शक्तिले दुईतिहाइको बलमा केही परिवर्तन गर्न खोजेको स्थितिमा दबाब बढाएर बारम्बार सदनका प्रक्रियाबाट फिर्ता गराइरहेको स्थितिमा सामन्ती शक्ति कमजोर भएको बामपन्थी तथा संसदवादीको निश्कर्ष गलत सावित गरिदिएको छ । भ्रष्ट्राचारीहरु र ठालूहरुलाई कानुन नलागेको स्थितिलाई हेर्दा जनताले बिकल्प खोज्नु स्वभाविक देखिन्छ । उक्त बिकल्पका लागि पार्टी एकता नगरेको भए पनि हुने रहेछ जस्तो लाग्ने गरेको पुष्पकमलको भनाई र फेरि पनि हिन्दु राज्य र राजा जनताले खोजेका छन् भन्दै सडकमा ज्ञानेन्द्रका मान्छे आउन सक्ने स्थितिले राजा र माओवादीको संघर्ष अझै जारिरहेको संकेत गर्दैछ । आफूले नचाहिकनै गणतन्त्र आएकोले सत्तापक्ष र प्रतिपक्ष बिनाप्रतिक्रिया बस्न वाध्य छन् ।

 

खासमा अहिले सत्तासंघर्षको राजनीति सर्वहारा वर्ग र दलाल सत्ताबीचको संघर्षमा फेरिइसकेको छ । अहिले सर्वहारा वर्ग माओवादमा पुनःगठित भएर संघर्ष गर्ने स्थितिमा छ भने दलाल सत्ता आफूलाई टिकाइराख्न जोसुकै विदेशी शक्ति केन्द्रसँग जस्तोसुकै संझौता गर्न तयार भएको स्थितिमा छ । दमनको जस्तोकुकै कदम चाल्ने गरि दलाल सत्ता आएको छ । यस्तोबेला राजा र माओवादी (जुन अवशरवादी गुट)को संघर्षले के स्थान लिन सक्ला र ? यद्यपी उनीहरु आमनेसामने जस्ता भएको देखिन्छ ।

 

प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६