• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

जी–७ को शिखर सम्मेलनमा इरानी विदेशमन्त्री अचानक पुगेपछि

सिन्धुली सौगात

 

इरानका विदेशमन्त्री फ्रान्समा जारी जी–७ को शिखर सम्मेलनमा अचानक पुगेका छन्। ।

 

जी–७ अर्थात ग्रुप अफ सेभेन संसारका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात राष्ट्रहरूको संघ हो । यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिका आबद्ध छन।

 

विश्वका ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको सो सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ सहभागी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका नेताहरू आश्चर्यचकित भएका छन ।

 

अमेरिका र इरानबीच तनाव चुलिएका बेला जरिफले राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा सहभागिता जनाएका छन ।

जरिफले फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँसँग सम्मेलनको पूर्वसन्ध्यामा शुक्रवार पेरिसमा भेट गरेका थिए।

 

जरिफले सामाजिक सञ्जाल ट्विटरमार्फत फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग आफ्ना रचनात्मक वार्ता भएको जानकारी दिएका छन।

 

उनले ट्विटरमै आफूले जर्मनी र बेलायतका अधिकारीहरूसँग पनि संक्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन ।

 

प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६