• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

आजको राशिफल

सिन्धुली सौगात

वि.सं.२०७६ साल भाद्र ०५ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि सप्तमी,५४ घडी ०७ पला ,रातको ०३ बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र भरुणी,४४ घडी १४ पला,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कृतिका । योग वृद्धि,२४ घडी ०० पला,दिउसो ०३ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण भद्रा,दिउसो ०३ बजेर ०३ मिनेट उप्रान्त बव,रातको ०३ बजेर १७ब मिनेट उप्रान्त वालव । आनन्दादिमा पद्य योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी २० पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- खानपान तथा बाहिरी बाताबररणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या देखिन सक्छ । अध्ययनमा मन नजानाले बौद्धिक क्षेत्र सागुरो हुनेछ । व्यापारमा मन्दि आउँनाले आर्थिक अवस्था खस्कनेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । तरपनि ईमान्दार तथा लगनशिल भएर लाग्नाले उपलब्धि हात पार्न सकिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आम्दानि भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । लगानि बढाएपनि आम्दानि कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा ल्याउँन निकैनै मेहनेत गर्नु पर्नेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय राम्रो रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- सानो लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरि आए आम्दानि बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- शुभचिन्तक तथा आफन्तको सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना बिवादलाई सल्टाउँन तपाईको महत्वपुर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- भाग्यले साथ दिने हुनाले सानो लगानि तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । बिशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउँनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):-  कामगर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानिमा चित्त बुझाउनु पर्नेछ । व्यापारकै शिलशिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथिभाई तथा जीवन साथिको सहयोग नपाईदा कामहरु बिचमानै छोड्नु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेकोछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्निको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउँन सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):- शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुने योग रहेकोछ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेकोछ भने भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थि काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निश्कन शकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउँन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यावसायमा लगानि बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउँनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाई लेखाईमा मन जानेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६