• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

अव्यवस्थित पार्किङले निम्त्याएको समस्या

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

सिन्धुली सौगात

 

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा जनसंख्या बढ्दो छ । मान्छेको भिडभाड पनि बाक्लिदै गएको छ । दिउँसोको समयमा बजारक्षेत्रमा चहलपहल धेरै देखिन्छ । जनसंख्या बढेसँगै नगरमा विभिन्न समस्याहरु देखिदै आएको छ । नगरको बदलिदो परिवेशसँगै अव्यवस्थित पार्किङ चुनौति बनेको छ । कनपा ६ स्थित बसपार्कमा पार्किङको सुविधा भएपनि अन्यत्र गाढी पार्क गर्दा दुर्घट्नाको संभावना बढिरहेको छ । सिन्धुली जिल्लाको सदरमुकाम भएका कारण पनि कमलामाई नगरपालिकामा अव्यवस्थित पार्किङ मुख्य चुनौति बन्दै गएको छ । सवारीचालकले जथाभावी सवारीसाधन पार्किङ गर्दा उनीहरुलाई केहि फाइदा भएपनि दुर्घट्नाको संभावना भने बढेको छ । बजारक्षेत्रमा यात्रु पाउने आशमा जथाभावि सवारीचालकले रोक्दा अरु यात्रुहरुलाई समस्या हुने गरेको छ । सडकनै ढाकेर लामो समयसम्म जथाभावि गाढी रोक्दा सडक सुरक्षामा प्रश्न उठेको छ । त्यसैगरि, अव्यवस्थित पार्किङले गर्दा व्यापार गर्न अप्ठ्यारो भएको व्यापारीहरुले बारम्बार गुनासो गर्दै आएका छन् । पसल अगाढीनै धेरै समयसम्म गाढी रोक्दा ग्राहकको कमि भएको भन्दै व्यापारीहरुको असन्तुष्टि छ । अव्यवस्थित पार्किङले सडक सुरक्षामाथि चुनौति थपेको छ ।

 

तसर्थ, हरेक सवारीचालकले सडक सुरक्षाको महशुश गर्दै तोकेको ठाउँमा मात्र पार्किङ गर्न आवश्यक छ । त्यसैगरि, व्यवस्थित पार्किङकालागि नियमनकारी निकायपनि गम्भिर हुन जरुरी छ ।