• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

आजको राशिफल

सिन्धुली साैगात संवाददाता

वि.सं.२०७६ साल भाद्र ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि पंचमी,५० घडी ०५ पला ,रातको ०१ बजेर ३९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र रेवती,३६ घडी ३२ पला,बेलुकी ०८ बजेर १४ मिनेट उप्रान्त अश्विनी । योग शूल,२४ घडी ५४ पला,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त गंड । करण कौलव,दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा शुभ योग । चन्द्रराशि मिन,बेलुकी ०८ बजेर १४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेट । दिनमान ३२ घडी २७ पला । पञ्चक बेलुकी ०८ बजेर १४ मिनेटमा समाप्ति। बिरुडा पञ्चमी। डाँछीस्थित कोलमती घाटमा स्नान। ललितपुरमा नृसिंह यात्रा ९उपाकलँसाया०। सर्वार्थसिद्धि योग बेलुकी ०८ बजेर १४ मिनेटबाट ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आम्दानिभन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिुर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईको व्याहारले माया प्रेममा अबिश्वास बढ्नेछ । तापनि लामो दुरिको बिदेश यात्रा हुने तथा बिदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ति गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । नोकरी पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाँकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । व्यापारमा लागनि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- माया प्रेममा नजिक हुने तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरि अरुको ध्यान तान्न सकिनेछ । पारिवारीक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अध्ययनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यावसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानि बढ्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि आजको दिन उत्तम रहेकोछ । बौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्त सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनुनै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनिति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पुरुषार्थि काम गरि नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिन सकिने तथा देश बिदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउँन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्ब सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्मबिश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय बाताबरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६