• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

भएकै सम्पत्तिको उपयोग गरौँ

सिन्धुली सौगात

 

विभिन्न दाता र राज्यको ठूलो लगानीबाट निर्मित केहि उद्योग कलकारखानाहरु अहिले प्रयोगविहिन छन् । सरकारी स्वामित्वमा रहेका ती उद्योगहरु संचालनमा ल्याउन सरकारले पहलनै गरेको छैन भन्दा पनि केहि फरक पर्दैन । जनकपुर चुरोट कारखाना संचालनमा ल्याउने सरकारको तयारी भएपनि दिर्घकालिन योजनाहरु भने छैनन् । कुनै समयमा नेपाली बजारमा राम्रो छाप छोड्न सफल भएको बाँसबारी छाला जुत्ता कारखाना, हेटौँडा कागज कारखाना जस्ता सरकारी स्वामित्वमा रहेको उद्योगहरु अहिले बन्द छन् । वर्षेनि नेपालमा करोडौँको छालाका जुत्ता आयात गरिन्छ । यदि बाँसबारी छाला जुत्ता कारखानालाई संचालनमा ल्याउन सके देशको ठूलो रकम विदेशिने थिएन ।

 

बाँसबारीको कारखाना मात्र नभएर देशभरका प्रयोगविहिन उद्योग कलकारखानालाई प्रयोगमा ल्याउन सके देशको अर्थतन्त्र बलियो बनाउन टेवा पुग्नेछ । उद्योग कलकारखानाले रोजगारी पनि सिर्जना गर्ने हुँदा बेरोजगारीको समस्या पनि हट्नेछ । सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना गरेका प्रधानमन्त्री केपी ओलीले देशमै रहेका उद्योगहरु संचालनमा ल्याउन पहल गर्नुपर्छ । उद्योग, कलकारखाना निर्माण हुन सके समग्र देशको विकास संभव छ । तसर्थ, बन्द रहेका कलकारखानाहरु पुनः संचालनमा ल्याउन राज्य गम्भिर हुनुपर्छ ।

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६