• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

भाद्र ०१ गते आईतबारदेखी भाद्र ०७ गते शनिबारसम्मको साप्ताहिक रासिफल

सिन्धुली सौगात

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- बिहीबारसम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । शुक्रबार र शनीबारको समय राम्रो रहेकोले अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बिहीबारसम्मको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउँनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्राकाम गर्ने अवसर गुम्नेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । पैत्रिक धनसम्पतिका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । तरपनि विदेशी सामानको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । लामो दुरिको यात्रा हुने योग रहेकोछ । शुक्रबार र शनीबारको समय राम्रो रहेकोले नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाईले खाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ । शुक्रबार र शनीबारको समय मध्ययम रहेकोले खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहेकोछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-  साता राम्रो रहेकोले समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन । उच्च तथा बिशिष्ट व्याक्तित्व सँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- साताको सुरु र अन्तको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । व्यापारमा लागनि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । मंगलबार साझबाट बिहीबारसम्मको समय राम्रो रहेकोले बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानि गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रतिष्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । बुधबारबाट समय मध्ययम रहेकोले कामगर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानिमा चित्त बुझाउनु पर्नेछ । व्यापारकै शिलशिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथिभाई तथा जीवन साथिको सहयोग नपाईदा कामहरु बिचमानै छोड्नु पर्ने हुनसक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेकोछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- राम्रा काम गरि अरुको बिश्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै बिजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ । शुक्रबार र शनीबारको समय मध्ययम रहेकोले लामो दुरिको व्यावसायिक यात्रामा बिलम्ब हुनेछ । सवारि साधन तथा अन्य हार्डवयेर सँग सम्बन्धित बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा सत्रुले सताउँनेछन् । काममा ढिला सुस्ति तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- साताको सुरु र अन्तको समय मध्ययम रहेकोले आफन्तहरु टाडिने तथा पति पत्निविच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । मंगलबार साझबाट बिहीबारसम्मको समय राम्रो रहेकोले व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले उत्कृष्ट नजिता हातपार्न काममा थोरै समय लगानिनै काफि हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित बिषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकि सँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा नगद जुट्नाले लगानि गर्ने सहज बाताबरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले राजनितिकर्मि तथा समाजसेवीहरुका लागि समय सध्यमय रहेकोले जनताको समर्थन पाईने छैन । घर जग्गा तथा सवारि साधन सम्बन्धि लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमटाब बढ्ने वा घरबाट टाडा जानु पर्ने हुन सक्छ । खानपानमा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउँन सकिनेछ । मेहनेतले प्रतिष्पर्धिहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । शुक्रबार र शनीबारको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्त सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनुनै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनिति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । शुक्रबार शनीबारको समय मध्ययम रहेकोले कुनैपनि कामगर्दा नियम संगत गर्नुहोला,बलजफ्ती गर्दा समस्या आउँन सक्छ । बन्दुबान्धबहरु सँग मनमुटाब बढ्ने तथा छिमेकीहरु सँग बिवाद हुने योग रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । छोटो दुरिको यात्रा कष्टकर हुन सक्छ ।

तपाईको दिन शुभ रहोस ।

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६