• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

निष्पक्ष छानविन होस्

सिन्धुली सौगात

पत्रकार शालिकराम पुडासैनिको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा चर्चित पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ । शुक्रबार पक्राउ परेका लामिछानेको समर्थनमा ठाउँठाउँमा प्रदर्शनहरु भएको छ । पुडासैनिले आत्महत्या गर्नुअघि बनाएको सुसाईड भिडियोमा रवि सहित तीनजनालाई आरोप लगाइएको छ । रवि पक्राउ परेसँगै उनका समर्थकहरुले व्यापक प्रदर्शन गरेका छन् । समग्रमा, देशभरिनै यो विषयले उग्र रुप लिइरहेको छ । अदालतले रवि सहित तीनै जनालाई पाँच दिनका लागि हिरासतमै राख्न म्याद थपेको छ । पुडासैनिको आत्महत्याको छानविनकालागि प्रहरीले अनुसन्धान गर्दैछ । अनुसन्धान भइरहेकाले अनुसन्धानलाई प्रभावित हुने गरि कुनै पनि घट्ना हुन नदिन सम्बन्धित पक्ष सजग हुन जरुरी छ । त्यसैगरि, यस घट्नाका कारण थप क्षति हुन नदिन समर्थक, प्रहरी प्रशासन र सम्बन्धित पक्ष संयम हुन आवश्यक छ ।

 

पुडासैनि आत्महत्या प्रकरणको निष्पक्ष छानविनकालागि प्रहरीले पनि रविसँग समन्वय गरेर आक्रोशित जमातको नियन्त्रणकालागी आवश्यक कदम चाल्नुपर्छ । अतः पुडासैनिको आत्महत्या संवेदनशिल घट्ना भएकाले निष्पक्ष छानविन हुन आवश्यक छ ।

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६