• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

छोराभन्दा आमा जवान

सिन्धुली सौगात

अमेरिकाको लस एन्जिलिसमा बस्ने २२ वर्षीय एक व्यक्तिले आफ्नी आमाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनका फलोअरहरू छक्क परेका छन् ।

 

जोनाथन न्गुयेनले ती तस्वीर फेसबूकमा अप्लोड गर्दै आमाले खानपिन र व्यायामका कारण अझैसम्म जवान रूपमा देखिन सकेको लेखे ।

 

जोनाथनका फलोअरहरू स्तब्ध भए अनि तस्वीरमा देखिएकी महिला उनको बहिनी वा प्रेमिका भएको भन्ठाने । धेरैजसोले लेखे, ‘तिम्री आमा त बहिनी जस्ती देखिन्छिन् ।

 

के हो रहस्य ?

 

यो पोस्टमा १४ हजारभन्दा बढी लाइक आइसकेको छ र लगभग ८ हजार कमेन्ट पनि छ ।

 

जोनाथनले आमाको जवानीको रहस्य खोल्दै टन्न फलफूल खाने र दिनदिनै व्यायाम गर्ने हुँदा आमा सुन्दर देखिएको लेखे । ‘उहाँ दिनदिनै व्यायाम गर्नुहुन्छ र कुनै पनि प्रशोधन नगरिएको खानेकुरा खानुहुन्छ,’ उनले भने ।

प्रकाशित मिति : बुधबार, साउन १५, २०७६