• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

नयाँयुग र कम्युनिस्टका चुनौतिहरु

सिन्धुली सौगात

लेखकः  बिनोद दाहाल

 

सर्वहारा वर्गले आफ्नो उपस्थिति देखाएपछि नयाँ संसारको उदय भयो । सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचको संघर्ष शुरु भएपछि नयाँ युगको शुरुवात भयो । वर्गीय समाज अन्त्यको घोषणा र साम्यवादको स्थापना एउटा नयाँ युग हो । नयाँयुग र माक्र्सवादको उदयले अहिले मानिसको ज्ञान, बुद्धि र विवेक नै फेरिएको छ । मानिसको दिमागमा वर्गीयताले घर गरेको बुर्जुवा समाज फेरिएर मानवतायुक्त समाज निर्माण भएको छ । नयाँ युगसँगै मानिसले पुनः मानव हुने अवशर प्राप्त गरेका छन् । अहले मानिसले अन्तराष्ट्रिय जाती हुने अवशर प्रात गरेका छन् ।

 

बितेका २ सय वर्षहरु सर्वहारा, श्रमजिवी र न्यायप्रमी जनसमुदायले त्यसैको प्राप्तीका लागि बिताएका छन् । यसबीचमा ठूलटूला उपलब्धि र अवशरहरु प्राप्त भए । ती उपलब्धि र ज्ञान अनि गुमाउनु पर्दाको अनुभवले सर्वहारा, श्रमजिवी र न्यायप्रेमी जनसमुदाय थप परिमार्जित र विकसित भएका छन् । यसबीचमा कम्युनिस्ट पार्टीको निर्माण, पेरिस कम्युन, अक्टोबर समाजवादी पार्टी, नयाँ जनवादी क्रान्ति, महान् सर्वहारा साँस्कृतिक क्रान्ति, कोरिया, भियतनाम–लावस, क्युवा, युगोस्लाभिया र कम्बोडियामा भएका जनक्रान्तिहरु, पेरु, नेपाल र भारतमा चलिरहेको महान् जनयुद्ध ठूला उपलब्धिहरु हुन् । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, किमइल सुङ, फिडेल क्यास्त्रो, होचिमिन्ह, चे ग्वेभारा, च्याङ चिङ, गोञ्जालो, चारु जस्ता आदर्श नेतृत्व पनि सर्वहारा, श्रमजिवी र न्यायपे्रमी जनसमुदायले पाएको छ । कम्बोडियाको दुस्प्रचारको प्रभावमा विश्व नै भ्रममा राखिएको छ । साम्राज्यवादलाई चुनौति बनेकोले कम्युनिस्ट बिरुद्धको घृणाभाव फैलाउन वास्तविकता बिरुद्ध पोलपोट र उनको शासनलाई प्रयोगमा ल्याइयो । विश्वभरिका कयुनिस्टले यो भमलाई स्पष्ट पार्न त सकेनन् नै बरु आफैं भ्रममा परेर त्यसको शिकार भए । साम्राज्यवाद बहुपक्षबाट आक्रमण गरिरहेको परिवेसमा नेतृत्व र शासनप्रणाली आक्रमणको निशाना लागेको छ ।

 

सर्वहारा वर्ग, श्रमजिवी तथा न्यायप्रेमी जनसमुदायको मुक्तिको दर्शन माक्र्सवाद हो । यो अहिले विकासको तेश्रो चरणमा छ अर्थात अहिलेको माक्र्सवाद भनेको मालेमावाद हो । देश बिशेषमा माक्र्सवादको प्रयोग गर्दा बिभिन्न सिद्धान्तहरु प्रयोगमा आएका छन् । रुसमा जनबिद्रोहमार्फत वैज्ञानिक समाजवाद प्राप्त भयो । चीनीयाँ जनयुद्धमार्फत नयाँ जनवाद प्राप्त भयो । यसले लेनिनवादको चरणमा माक्र्सवादलाई विकसित गर्नसक्यो । यसमा स्टालिनको उल्लेख्य योगदान रह्यो । यसले दर्शमा विकास गर्न पुग्यो र माओवादको अवस्थामा विकास भयो । कोरियाली जनक्रान्तिले जुछे बिचारधाराको विकास गर्नसक्यो । माक्र्सवादी लेनिनवादी चरणमा यसले नयाँ नमुना देखाउन सक्यो । त्यस्तै क्युवाली जनक्रान्तिले छापामार युद्धको नयाँ प्रयोग गरेर सफलता पाउन सक्यो । क्रान्तिकारि इमानदारिताका नमुना चे ग्वेभाराले यसलाई विकसित तुल्याउन अधिकतम प्रयास गरे । भियतनामी जनक्रान्तिका नेता हो ची मिन्हले क्रान्तिकारि नैतिकताको प्रदर्शन गरेर नयाँ आदर्श व्यक्तित्वको विकास गर्न सफल भए । उनले साम्राज्यवादको हाउगुजीलाई कागजी बाघ मात्र रहेको प्रमाणित गरेर देखाए । उनले फ्रान्सेली र अमेरिकी साम्राज्यवादलाई जनताको सहयोगमा धुलोपिठो पारेर फ्याक्ने महान् कार्य गरेर देखाए । पेरुमा गोञ्जालोको नेतृत्वले जनयुद्धलाई प्रत्याक्रमणको अवस्थासम्म पु¥याउन सके । उनले आफूले नेतृत्व गरुञ्जेलसम्ममा साइनिङ पाथ अर्थात चम्किलो मार्ग मार्फत माओवादलाई सफलतासाथ प्रयोग गर्नसके । नेपालमा प्रचण्ड नेतृत्वले पनि जनयुद्धमार्फत जनयुद्धलाई प्रत्याक्रमणको दोश्रो योजना लागु गर्ने स्थितिसम्म पु¥याएपछि नेतृत्व गर्न असफल भए र उनको बाटो अर्थात प्रचण्डपथ कुनै पनि नित र सिद्धान्तको विकास गर्न असफल हुन पुग्यो । उनी असफल मात्र भएनन, गद्दार र विश्वासघातीमा परिणत भए । अहिले प्रचण्ड नेतृत्व नव प्रतिक्रियावादमा परिणत हुन पुगेको छ । जे होस् माक्र्सवादले बितेका २ सय वर्षहरुमा मानव इतिहासमा वर्ग संघर्षका अनुभवहरुले समृद्ध हुन पाएको छ ।

 

हो, हामी नयाँ संसार निर्माणको युगमा छौं । हामीले नचाहेर पनि यो युगको जिम्मेवारिबाट भाग्ने वा पन्छिने स्थितिमा हुन सक्दैनौं । मानव समाज साम्यवादको यात्रामा छ, कोही पनि मानिस अगाडि देखिएको वा खुलेको राजमार्गको यात्रा रोक्ने अवस्थामा आएमा दुस्साहासी र मुर्ख सिवाय केही हुने छैन । अज्ञानी हुनु, बेवास्था गर्नु, निवर्गीय सोच चिन्तनको हुनु पनि वर्गबिरुद्ध खडाभए सरह हुन्छ । मानिसका प्रयत्नहरुबारे बेखबरको हुनु पनि वर्गले माफि दिने बिषयमा पर्दैन । वर्गसंघर्षले कसैलाई आफ्नो त्यो अवस्थामा बस्नै दिंदैन । सचेत मानिसले पहिले नै यो कुरा बुझेका हुन्छन् । वर्ग संघर्षले मानिसलाई बुझ्नै नसक्ने अवस्थामा रहनै दिंदैन ।

 

बितेका २ सय वर्षहरुमा पुँजीवादले पनि आफ्नो अस्तित्व धान्नका लागि अनेकन चरणहरुमा आफूलाई विकसित गर्दै गएको छ । यसैबीच साम्राज्यवादमा पतन भएको पुँजीवादले अहिले उत्तरआधुनिकतावादमा आफूलाई पु¥याएको छ । खुलाबजार, उपभोक्तावाद, उदारिकरण, नीजीकरण, उच्चप्रबिधिमा पहुँच जस्ता हतियार साम्राज्यवादले प्रयोगमा ल्याएको छ । यी सबै उपायहरुबाट पनि सामाजिक समस्या अर्थात वर्गीय समस्याको समाधान हुन सकेको छैन र सक्दै पनि । समाजमा व्यक्तिसँग भएको शक्ति, सम्पत्ति, पुँजीमाथिको स्वामित्व यी कुनै उपायले पनि समाधान दिन सकेको छैन र सक्दैन पनि । बर्बरता, अमानवीयता उत्तरआधुनिकतावादले हटाउन सकेको छैन वा यससँग यो हटाउने क्षमता छैन, साम्राज्यवादको अगाडि कुनै पनि उपाय खेर गैरहेका छन् । शोषण, दमन, उत्पीडन, अभाव, असुरक्षा, अपमान, असमानता, बिभेद, भोक, रोग, गरिबी, अशिक्षा आदि समाजमा घट्नु सट्टा झन बढाइरहेका तथ्यहरुले यही कुराको पुष्टि गरेको छ ।

 

माक्र्सवादको पुर्वघोषणा के हो भने अहिले ज्ञान र प्रबिधियुक्त मानवबाट समाजमा अभाव, असमानता, अन्याय, असभ्यता हटाएर ज्ञान, बुद्धि र विवेकले अभावरहित, समानतायुक्त, न्यायपूर्ण र सभ्य समाज निर्माण आवश्यक र सम्भव छ । वर्गसंघर्ष यस्तो अचुक अस्त्र हो जस्ले यो आवश्यकता पुरा गर्दछ र यस्लाई रोक्ने अरु कुनै उपाय बेकार हुन्छ । युगको समस्या समाधान गर्न नसक्ने कुनै पनि सिद्धान्तले युगको प्रतिनिधित्व गरेको ठहर्दैन । प्रतिक्रियावादीले जतिसुकै उत्तर आधुनिकतावादको ढोंग पिटेपनि यो समाधान हुन सक्दैन वा यस्ले युगको प्रतिनिधित्व गर्न सक्दैन । अहिलेसम्म प्रतिक्रियावादमा पतन भएको पुँजीवाद अर्थात साम्राज्यवाद र मन्दीको समस्या टार्न ऋणकोष र चेतनाको बिको छोप्न उत्तरआधुनिकतावादलाई हतियार बनाए पनि सामाजिक समस्याको समाधान गर्न नसकेर ती उपाय पनि बेकार नै साबित भएका छन् ।

 

के कुरा स्पष्ट छ भने वर्गीय समाज रहुन्जेल माक्र्सवादकोे कुनै बिकल्प हुन सक्दैन । माक्र्सवादले आफूलाई विकसित गर्दै जानुको पनि कुनै बिकल्प छैन । अहिले माक्र्सवादको विकसित चरण मालेमावाद हो । केही देशका केही वर्ग संघर्षका प्रयोग र अनुभवले यस्लाई अझ विकसित तुल्याउन आवश्यक ठानेका छन् । प्रयोगले के देखाएको छ भने माओवादलाई आत्मसात गर्दासम्म जनक्रान्ति विकसित हुँदै गएको छ र नेतृत्वले आफूलाई योग्य बनाउन सकुञ्जेल जनक्रान्ति सफल हुँदै गएको पाइएको छ । जे होस, माक्र्सवादलाई नै अझै विकसित गर्दै हरेक बिषयको हल खोज्दै जानु नै सहि समाधान हो । अहिले कुन नीति लिंदा विश्वका सबै देशमा जनक्रान्तिका ढोकाहरु खुल्न सक्छन् भनेर चिन्तमानन् गर्दै प्रत्तेक देशले स्वाधिनतालाई मुख्य नारा बनाउने र वर्गसंघर्षलाई निर्बिकल्प बनाउन सकिन्छ भन्ने बिषय नै माक्र्सवादको केन्द्रमा छ । सर्वहारा वर्गको आधानायकत्वमा आधारित भएर सशस्त्र बलद्वारा हरेक कुराको समाधान खोज्नु नै सारमा कमयुनिस्ट हुनु हुन्छ वा मालेमावादी हुनु हुन्छ । विश्वक्रान्ति कहाँनेर अड्किएको छ भने देश स्वाधिन हुने वा देशले स्वाधिनता खोज्ने, सर्वहारा वर्गको अधिनायकत्वमा आधारित भएर वर्गसंघर्ष सञ्चालन गर्ने वा सशस्त्र गतिबिधिमा गैहाल्ने र युद्धद्वारा नै सबै समस्याहरुको समाधान गर्ने बिषयसित जोडिएको छ ।

 

जनक्रान्तिसँग के सवाल जोडिएका छन् भने प्रतिक्रान्तिको कारकतत्व के हो र नेतृत्वमा अवशरवाद किन पलाउँछ, बिनायुद्ध प्रतिक्रान्ति कसरि हुन्छ र जनसेनाले प्रतिक्रान्तिलाई रुप किन लिन्छ भन्ने मुख्य छन् । विज्ञानसित कसरि जोडिने, प्रबिधिको उच्चतम् प्रयोग कसरि गर्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कसरि जोडिने र विकास गर्ने, नेतृत्वको उत्तराधिकारिको निर्माण कसरि गर्ने, संयुक्त मोर्चाको निर्माण कसरि गर्ने, जनसमुदायलाई जनक्रान्तिमा कसरि जोड्ने, कार्यनीति र रणनीतिलाई अवशरवादीले उपयोग गर्ने कार्यबाट कसरि जोगाउने, मुख्यतः नेतृत्वमा अक्सर आइराख्ने अवशरवादबाट क्रान्तिलाई कसरि जोगाउने र नेता–कार्यकर्तालाई निष्ठावान र आलोचक बनाउने भन्ने कुरा क्रान्तिकारिले गम्भीर भएर सोच्ने वा समाधान खोज्ने बिषय हुन् । नेतृत्व बिग्रिए वा मारिए क्रान्ति रोकिने सवाल र नेतृत्वमा बिशेषाधिकार तथा केन्द्रिकरण आवश्यक ठान्दा अर्को समस्या भोग्नु परेका पेरु, भारत र नेपालका उदाहरण र अनुभवले क्रान्तिकारिहरुलाई नयाँ सोचाइमा पु¥याइदिएको छ । पेरुमा नेतृत्वको गिरफ्तारिपछि बाँकि नेतृत्वले क्रान्तिलाई अगाडि बढाउन नसकेर प्रत्याक्रमणमा पुगेको क्रान्ति समाप्त भयो । दुस्मनले खेल्ने ठाउँ पाए र षड्यन्त्रमार्फत जनक्रान्ति ध्वस्त पारिदियो । भारतमा नक्सालबाडिबाट फैलिएको माओवादी जनक्रान्ति अर्थात दीर्घकालिन जनयुद्ध दुस्मनको नियन्त्रणमा नेतृत्वको हत्यापछाडि क्रन्तिमा बिराम लाग्दै गयो । नेपालमा पनि जनयुद्ध प्रत्याक्रमणका योजनाहरु लागु हुँदैगर्दा नेतृत्वमा पलाएको अवशरवाद अर्थात कार्यनीतिलाई रणनीतिको अर्थ लगाएर १० वर्ष सफलतासाथ बिजयउन्मुख पुगेको जनयुद्धमा पुर्णबिराम लाग्यो । नेतृत्वले बिचारको विकास गर्न नसकिएको अर्थ पनि लगाइयो तर सारमा नेतृत्वले माओवादलाई आत्मसात गर्न नसकेको स्पष्ट देख्न सकिन्छ । कोहीकोहीका अनुमान के छ भने भारतका अज्ञात स्थानमा नेतृत्व भारतीय प्रतिक्रियावादी शासकको नियन्त्रणमा परेको र तुरुन्तै आत्मसमर्पण गरेको, वर्गप्रतिको इमानदारितामा कमजोरि रहेकाले वर्ग दुस्मनले डोहो¥याउदै नेतृत्वलाई प्रयोग गरिरहेको पनि भनिदै छ । सोही अनुसार राजतन्त्र पनि हटाउन जनयुद्धको शक्तिलाई प्रयोगमा ल्याइएको थियो ।

 

जेहोस् अन्य देशका प्रयोग र अनुभवसँग नेपालको कम्युनिस्ट आन्दोलनले सफलताको चुलीमा पुगेर व्येहोरेको हार पनि विश्व सर्वहारा वर्गको लागि शिक्षा बनेको छ र कम्युनिस्ट आन्दोलनलाई नयाँ तरिकाले सोच्नुपर्ने र आवश्यक बिचारको विकास गर्नुपर्ने स्थिति देखापरेको छ । चुनौतिका चाङ छन् तर वर्गीय समाजलाई बदलेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादको महान् यात्रामा लाग्नको लागि माओवादको जगमा टेकेर मात्र सम्भव छ, माओवादलाई पन्छाएर वा अर्को कुनै बाटोबाट जान खोज्नु फेरि पनि वर्ग दुस्मनकै सेवाबाहेक केही हुने छैन । हामी वर्गसंघर्षबाट नै सहि बिचार र बाटो तय गर्न सक्छौं, गलत बाटोबाट हिंडेपछि जति नै शक्तिशाली र ठूलो देखिए पनि आखिर हराएर जान्छ । बाबुराम र प्रचण्डको त्यही हालत भएको हो । किरणजीहरु माओवादी आन्दोलनमा जोडिऔं र जनयुद्धमा टेक्न जाऔं भन्दा हिचकिचाएर महान् पहलकदमीको लागि अवशर गुमाएर बेकम्बा बने भनेर छुट्टिएको विप्लव नेतृत्वको नेकपा माओवादी पनि अन्ततः माओवादी जग भन्दा बाहिर नै आड लिएर अर्कै नाम र बाटो अर्कै तय गर्न पुगेपछि नेपालको कम्युनिस्ट आन्दोलनमा थप संकट आएको छ । विप्लवले पनि किरणले झैं पहलकदमी गुमाएर माओवादी आन्दोलन र दीर्घकालिन जनयुद्धको सहि बिचार र बाटोबाट पन्छिएका छन् ।

 

अहिले पनि दावासाथ भन्न सकिन्छ माओवादी आन्दोलन र १० वर्ष चलेको महान् जनयुद्ध गलत थिएन । यो त बरु विश्व कम्युनिस्ट आन्दोलनको एउटा अनुपम उदाहरण थियो । अवशरवादीले वर्षौंसम्म एउटै कार्यनीतिलाई अँठ्याएर बसिरहे, अन्ततः पार्टी्भित्र प्राबिधिक बहुमत जुटाएर त्यसैलाई रणनीतिको अर्थमा प्रयोग गरिछाडे । यो समस्या पार्टी नेतृत्वको समस्यालाई हल गर्ने भन्दै नेतृत्वमा शक्तिको केन्द्रीकरण भन्दै बिराएको बाटोको परिणाम हो, माओवादी आन्दोलन र जनयुद्धमा देखिएको समस्या हैन, बरु यो त सर्वहारा वर्गको अधिनायकत्वलाइृ लागु गर्ने सवालमा देखिएको कमजोरि हो । अहिले पनि केही बितिसकेको छैन, माओवादी आन्दोलनको पुनर्गठन गरि दीर्घकालिन जनयुद्धकै बाटो लाग्ने र वर्गलाई केन्द्रिकृत गर्नेगरि वर्गसंघर्षका कार्यक्रम बनाउनासाथ बाटोक्रान्तिले नै आफ्नो बाटो आफैं बनाउदै जान्छ । यो क्रान्तिकारिहरुले निक्कै गम्भीर भएर सोच्ने बेला हो ।

प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६