• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

सपनाको सुन्दरता (तस्विर हेर्नुहोस्)

सिन्धुली सौगात

नायिका सपना लामिछाने फुटपाथ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । जन्मथलो चितवन भइ काठमाडौंलाई कर्मथलो बनाएकी उनले दर्जानौं गीतमा मोडलिङ गरिसकेकी छिन् ।

 

 

पछिल्लो समय उनको अभिनय रहेको चलचित्र ‘विन्दास लाइफ’ हो । यो चलचित्र सपनाले नै निर्माण गरेकी हुन् । टेलिभिजन भिजे हुँदै कलाकारिता रोजेकी उनी फुर्सदको समय चलचित्रसम्बन्धी किताब अध्यायन गर्न रुचाउँछिन् ।

 

आफ्नो पढाई सकेर के गर्ने के सिक्ने भन्ने अन्योल सँगै काठमाडौंमा पाइला टेकेकी सपनाले आफनो शुरुवातीका दिनमा मिडियालाई रोज्न पुगिन् । आफु सानो नै छदा डक्टर र पाइलट बन्ने सपना बुनेकी एक नारि एका एक मिडिया लाइनमा प्रबेस गर्दै आर जे को ट्रेनिङ लिन थालिन ।

 

 

यसै क्रममा आफ्ना पाईलालाई अगी बढाउदै गर्दा उनको मन एक्कासी रंगिन दुनियामा मोडियो । यानिकी मिडिया हुदै एक्कासी कलाकारिता क्षेत्रमा प्रवेश गर्ने मौका पाईन् ।

 

आफ्नो करिएरलाई फुट्पाथ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका हुन सपना लामिछाने । अनि रजतपटमा प्रवेश गरे सँगै नेपाली चलचित्र , म्युजिक भिडियो सर्ट मुवि हुदै अहिले बिदेशमा हुने कार्यक्रममा समेत सहभागी हुदै अगाडी बढ्दैछीन्।

 

 

आफूलाई ग्ल्यामर ड्रेस नै मनपर्ने उनी बताउँछिन् । आफ्नो सौन्दर्य झल्कने, अरुको ध्यान आफूतिर खिचिने खालका ड्रेस लगाउन उनी रुचाउँछिन् । समय अनुसार र मौसम अनुसारको फेसन फलो गर्ने सपनालाई सारी निकै मन पर्छ रे । हाप पाइन्ट, टिर्स र स्कटले आफू सेक्सी र बोल्ड देखिने उनी बताउँछिन् ।

 

तस्विर हेर्नुहोस्

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६