• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

२०७६ साल ज्येष्ठ २७ गते सोमबारको राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली सौगात

वि.सं.२०७६ साल ज्येष्ठ २७ गते । सोमबार । ईश्वी सन् २०१९ जुन १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि अष्टमी,४६ घडी ५९ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त नवमी । नक्षत्र पूर्वाफाल्गुनी,५७ घडी ५७ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग बज्र,२१ घडी ४८ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त सिद्धि । करण भद्रा,दिउसो ०१ बजेर १० मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त वालव । आनन्दादिमा ध्वज योग । चन्द्रराशि सिंह,बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त कन्या । अष्टमी व्रत। गोरखकाली पूजा। वायु अष्टमी। काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ३० पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- बौद्धिक तथा प्राबिधिक ज्ञानको प्रयोग गरि काम गर्दा आम्दानि बढाउँन सकिनेछ । शिक्षा क्षेत्रमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पति तथा बिलाशी सम्पति उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउँनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । राजनीति तथा सामाजिक काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेकोछ । बेलुकीको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने तथा चाहेको नतिजा हात पार्न सकिनेछ । बिलाशि बस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । लेखन कला तथा साहित्यमा बाँकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउँने चाहनेहरुला लागि समय उत्तम रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । सर सापटि दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्टान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउँन सकिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- भौतिक तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले लामो दुरिको यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दि आउँनेछ । पढाई लेखाईमा मन नजादा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ति गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-  राम्रा तथा परिणाममुखि काम गरि अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा बृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारि साधन तथा बिलाशी सामान हातलागि हुने योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिष्पर्धामा तपाईकै जित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउँने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउँको यात्रामा निश्कन सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६