• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

आफू सुध्रौ, अनि अरुको विरोध गरौँ

सिन्धुली सौगात

प्रधानमान्त्री केपी शर्मा ओलीले राजतन्त्र चाहिने मुर्ख हो भन्दै अभिव्यक्ति दिएका छन् । उलने राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिएका छन् । राजतन्त्र अन्त्य भएको झण्डै ११ वर्ष बितिसक्दा पनि प्रधानमन्त्री ओलीले राजतन्त्रको विरोध गर्दै अभिव्यक्ति दिएका छन् । जनताले राजतन्त्रको समर्थन गर्नुपर्नेको कारण के हो भन्ने प्रधानमन्त्री ओलीले बुझ्न जरुरी छ । गणतन्त्र आएपछि पनि राजतन्त्रको समर्थनमा जनता ओर्लिएका छन् । सुशासन आएको छैन, भ्रष्टाचार न्युनिकरण हुन सकेको छैन, देशको अर्थतन्त्र नै कमजोर देखिएको छ अनि प्रधानमन्त्रीले राजतन्त्र चाहिनेलाई मुर्खको संज्ञा दिनु अस्वभनिय छ । किनभने, राजतन्त्रका सकारात्मक पक्ष र नकारात्मक पक्षलाई सरकारले बुझ्न जरुरी छ । राजतन्त्र र गणतन्त्रमा जनताले फरक देख्न नसक्नु र जनताले गणतन्त्रको अनुभुति पाउन नसकेपछि राजतन्त्रको समर्थनमा आवाज उठाउनु स्विकार्य पनि छ । किनभने, देशमा गणतन्त्र आइसक्दा पनि जनताले गणतन्त्रको अनुभुति पाउन सकिरहेका छैनन् ।

 

 

तसर्थ, राज्यले जनतालाई गणतन्त्रको अनुभुति दिन सक्नुपर्छ । देशमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य गर्न राज्य पक्ष गम्भिर हुनपर्छ । त्यसैगरि, देशको आर्थिक स्थितीलाई मजबुत बनाउन आवश्यक छ । देशको समग्र अवस्थालाई सुधार्न सकेमात्र प्रधानमन्त्रीले राजतन्त्रको विरोध गर्न स्वभा दिन्छ । अतः देशको विकास र गणतन्त्रको सुविधा दिलाउन राज्यक्ष गम्भिर हुनुपर्छ ।

प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६