• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

२०७६ साल ज्येष्ठ २५ गते शनिबारको राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली सौगात

वि.सं.२०७६ साल ज्येष्ठ २५ गते । शनिबार । ईश्वी सन् २०१९ जुन ०८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि पञ्चमी,०५ घडी २१ पला,बिहान ०७ बजेर १८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र अश्लेषा,३६ घडी १६ पला,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त मघा । योग व्याघात,३७ घडी ०४ पला,बेलुकी ०७ बजेर ५९ मिनेट उप्रान्त हर्षण । करण वालव,बिहान ०७ बजेर १८ मिनेट कौलव,बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मानस योग । चन्द्रराशि कर्कट,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त सिंह । कुमार षष्ठी । भक्तपुरमा चण्डी भगवती यात्रा । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २९ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाई तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरि नाम कमाउँन सकिनेछ । कृषि तथा शहकारी पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- खेलकुद तथा आट,शाहस तथा पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुचना प्रबृधिको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-  खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- सिमित स्रोत साधनको प्रयोग मार्फत असिमित आवश्यक्ता परिपुर्ति गर्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाईको सहयोगमा भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानि कम हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । यात्रा प्रेममा टाडिने समय रहेकोछ भने घर परिवार तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । पढाई लेखाईमा प्रसस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- माया प्रेममा नजिक हुने तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरि अरुको ध्यान तान्न सकिनेछ । पारिवारीक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सत्रुघरमा गोचर गर्ने चन्द्रमाले ऋण,रोग तथा सत्रुलाई रिमोभ गर्दै अगाडि बढन् सकिनेछ । साथिभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यावसायमा लगानि बढाई आम्दानि गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

 

तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २४, २०७६