• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

कार्ययोजना पुरा होस्

सिन्धुली सौगात

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रमणि खनालले आफ्नो कार्यकालमा सम्पन्न गर्ने गरी ५८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । उनका कार्ययोजनामा महत्वुर्ण बुँदा परेका छन् । उनले सार्वजनिक गरेका कार्ययोजनाहरु कृषकको हकहितमा रहेको छ । त्यसैगरि, सगरमाथाको वैज्ञानिक तरिकाले उचाई नाप्ने, जनयुद्धमा माओवादीले कब्जा गरी कारोबार गरेका जग्गाहरूको समाधानका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, आधारभूत कृषि उपजहरूमा आत्मनिर्भर बनाउने, भण्डारण गृह स्थापना गर्ने, उत्पादक सहकारीलाई त्यहाँको २५ प्रतिशत बिक्री स्टल उपलब्ध गराउने, आगामी ६ महिनाभित्र कृषियोग्य जमिनलाई व्यवसायीक प्लटिङ र बाँझो राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने, गरिब पहिचान भएका घरपरिवारलाई आत्मनिर्भर र व्यवसायिक बनाउन आवश्यकतामा आधारित ब्याज अनुदान र किसान शिक्षाका विशेष प्याकेज ल्याइने लगायतका कार्ययोजनाहरुलाई मन्त्री खनालले कार्यान्वयन गर्न सके उनी सफल मन्त्रीका नाममा गन्निेछन् ।

 

नेपालमा कृषि क्षेत्रमा प्रचुर संभघाना रहदा रहदैँ पनि यस क्षेत्रको विकास हुन सकिरहेको छैन । राज्यबाट पाउनुपर्ने सहयोग पनि कृषकले पाउन सकिरहेका छैनन् । कृषकको नाममा आएका राहत योजनाहरु नक्कलि कृषकहरुले उपयोग गरिरहेको अवस्था छ । तसर्थ, मन्त्री खनालले आफ्नो कार्यकालमा कृषकको हितमा निति निर्माण गरि कार्यान्वयनामा ल्याउन सक्नुपर्छ । विगतमा सरकारमा रहेका मन्त्रीहरुले झुटा आश्वासन मात्रै बाढेको इतिहास छ । आफ्नो कार्यकालमा विभिन्न कार्ययोजनालाई सफलताका साथ सम्पन्न गराउने बताएपनि उनीहरुले कार्ययोजनामै सिमित गराएको अवस्था थियो । केपी ओलीको सरकारलाई जनताले धेरै विश्वास गरेको हुँदा पनि उनको कार्यकाललाई सफल बनाउन सबै मन्त्रीपरिषद्का सदस्यहरुले आफ्नो भुमिका निर्वाह गर्न जरुरी छ । अतः कार्ययोजना सार्वजनिक गर्ने मात्र नभएर त्यसलाई कार्यान्वयनमा पनि ल्याउन जरुरी छ ।

प्रकाशित मिति : सोमवार, बैशाख २४, २०७५