• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

३ दर्जनभन्दा बढी उजुरी पछि मारियो धोबी चरा

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

सिन्धुली साैगात संवाददाता

एजेन्सी  : अस्ट्रेलिया सिड्नीको उत्तरी क्षेत्रमा एउटा म्यागपाई (धोबी चरा) ले आतंक मच्चाएको कारण चराविरुद्ध ३ दर्जनभन्दा बढी उजुरी परकोे थियो । यसकारण स्थानीय काउन्सिलले मार्ने निर्णय गरेपछि गोली प्रहार गरेर उक्त चरालाई मारिएको छ ।

चरालाई न्यु साउथ वेल्सको नेसनल पार्क एन्ड वाइल्ड लाइफ सर्भिसबाट अनुमति लिएर प्रहरीले मारेको हो ।

चराले विशेष गरेर साइकलयात्रीलाई निसाना बनाउने गरेको थियो भने केहीले आफूले यस्तो निडर र डरलाग्दो पंक्षी नदेखेको प्रतिक्रिया दिए ।

सिड्नीको बेल्लाभिस्टा क्षेत्रको चराले विगत ३ वर्षदेखि स्थानीयलाई आक्रमण गर्दा केही स्थानीयहरुलाई अस्पतालमा समेत भर्ना गर्नु परेको स्थानीय समाचारमाध्यम एबीसीका बेल्लाभिस्टाले जनाएको छ साथै उक्त क्षेत्रको काउन्सिल हिल डिस्ट्रिकले चराको सक्रियताका लागि उपयुक्त मौसम आउनुअघि नै मार्ने निर्णय गरिएको जनाएको छ ।

काउन्सिलका प्रबत्ता भन्छन “स्थानीय जनताको सुरक्षामा खतरा तथा र डरलाग्दो व्यवहारका कारण चरालाई मार्नुपरेको’ बताएका छन् । उनले एक विज्ञप्ति जारी भनेका छन्, ‘चराले हेल्मेट लगाएका मानिसलाई समेत आक्रमण गर्न थालेपछि बाध्य भएर मार्ने निर्णय लिनुपरेको हो ।” काउन्सिलका प्रवक्ताले भने ।

स्थानीयवासी पिटर ड्यानिल्युक भन्छन “आफूलाई हृदयाघात हुनुमा समेत उक्त चरा जिम्मेवार भएको बताए ।” काउन्सिलले उक्त चराको आक्रमणलाई निष्तेज पार्न अनेकौं प्रयास गरेको भए पनि असफल बनेको थियो ।

विन्डसर सडकको राक्षस (विन्डसर रोड मन्स्टर) नाम दिइएको चराविरुद्ध उजुरी परेपछि काउन्सिलले मार्नुका भन्दा अन्तै सार्ने प्रयास पनि गरेको थियो तर उक्त प्रयास सफल हुन भने सकेन । यसकारण पनि उक्त चरालाई मारिएकोे जनाइएको छ ।

चरा मार्ने कदमप्रति स्थानीय भने सकरात्मक तथा नकारात्मक दुवै प्रतिक्रिया दिएका छन । अस्ट्रेलियाको एनिमल जस्टिस पार्टीले चराको मृत्युले उसको परिवारलाई खतरामा पारेको बतायो  । काउन्सिलको कदमले विशिष्ट र बहुमूल्य चराको भविष्यप्रतिसमेत पार्टीले चिन्ता व्यक्त गरेको छ  ।